इटहरी । सुनसरीको इटहरीमा रहेको चारपाते बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं साधारणसभाले दुर्गा खड्का आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

   सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा होनाथ रिजाल र सदस्यहरुमा सञ्जीव कुमार यादव , राजन भट्टराई , शशी राजभण्डारी ,ललित चौधरी ,पवनकुमार साह ,संगिता गिरी र रोनिता श्रेष्ठलाई चयन गरेको हो ।WhatsApp Image 2022-12-18 at 11.06.35 (1)

  त्यसै गरी तुलसी प्रसाद आचार्यको संयोजकत्वमा सुरजकुमार साह र दयाकुमारी भट्ट सदस्य रहने गरी सर्वसम्मत रुपमा लेखा समिति साधारणसभाले चयन गरेको छ ।IMG_0125 साधारणसभाको खुल्ला सत्र इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलको प्रमुख आतिथ्य र अध्यक्ष गीता श्रेष्ठको अध्यक्षतामा भएको सम्पन्न भएको थियो ।  सो अवसरमा सहकारीमा ६सय ६२ जना सदस्य शेयर पुँजी ४३लाख ६९हजार ३सय रहेको जानकारी गराइयो । 


((