इटहरी । जनआन्दोलन सफल वनाउन होस देखि  संविधान लेखाउ पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेको १ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले वताएका छन ।

  सुनसरीको इटहरीमा पत्रकार महासं सुनसरीको १३औं साधारणसभाका प्रमुख अतिथी मन्त्री कार्कीले कलमको खवरदारी बन्दुकको खवरदारी भन्दा मजवुत हुने वताएका हुन।

पत्रकार महासंघ सुनसरीको १३औ साधारणसभामा नेपाल पत्रकार महासंघ सुनसरीले दिर्धजीवन पत्रकारिता सम्मानबाट अग्रज पत्रकार हर्ष सुब्बा र कृष्णविनोद लम्साललाई सम्मान गरियो । त्यसै गरी महासंघले नै स्थापना गरेको डम्बरबहादुर थापा स्मृति पत्रकारिता पुरस्कार शशि कोइराला , स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार खिलानाथ विश्वकर्मा लाई प्रदान गरियो ।319716203_896827084647902_2042488407881955507_n

पत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डेले स्थापना गरेको चन्द्लक्ष्मी स्मृति सृर्जनशिल पत्रकारिता सम्मानबाट गिरीराज आचार्य, पत्रकार बाबुराम सुवेदी र सुभद्रा प्याकुरेलले स्थापना गरेको हेमन्त स्मृति पत्रकारिता पुरस्कारबाट सिमा वस्नेत र बराहक्षेत्र नगरपालिकाको तर्फ विकास पत्रकारिता पुरस्कार बाबुराम कार्कीलाई प्रदान गरियो ।IMG_0057

सम्मानित तथा पुरस्कृतहरुलाई मन्त्री कार्कीले सम्मान तथा पुरस्कृत गरेका थिए । कार्यक्रममा महासंघ सचिव धुव्र ढकालले सांगठानीक प्रतिवेदन र कोषाध्यक्ष अजित कुमार झाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्यहरु अमर खड्का ,इकवाल अहमद , भिषण राई , १ नम्बर प्रदेश अध्यक्ष लिलाबल्लभ घिमीरे , नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी लगायतको उपस्थिती रहेको थियो ।