धनकुटा ।  ९ बुद्दे  चाैविसे घाेषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाकाे एघाराैं साधारण सभा चाैविसे गाउँपालिकाकाे सभाहल राजारानिमा सम्पन्न भएकाे छ ।

साेहि अवसर पारेर धनकुटा नगरपालिकाकाे सहयाेगमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाले प्रकाशन गरेकाे सञ्चार डायरी विमाेचन गरिएकाे छ । 

चाैविसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जुङ्गकाे प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका सभापति नगेन्द्र राईकाे अध्यक्षता र नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता बराईली राईकाे विशेष आतिथ्यतामा सम्पन्न एघाराैं सधारण सभाकाे अवसर पारेर सञ्चार डायरी विमाेचन गरिएकाे अध्यक्ष  राईले जानकारी दिनुभयाे ।319269997_859289155268455_7284373295867393384_n

धनकुटाको चौविसे गाउँपालिकाको राजारानीमा भएको साधारण सभाले प्रेस स्वतन्त्रताको ज्ञारेन्टी, स्थानीय सञ्चार माध्यमहरुलाई समानुपातिक विज्ञापन वितरण, पत्रपत्रिका वितरणका लागि निःशुल्क हुलाक सेवा, सरकारले वितरण गर्ने लोककल्याणकारी विज्ञापनको पैसा भुक्तानीमा देखिएको झन्झटिलो प्रक्रिया हटाउनुपर्ने र लोक कल्याणकारी विज्ञापनका दिइने रकममा बृद्धि गरिनुपर्ने लगायतका ९ बुद्दे संकल्प प्रस्ताव पारित गर्दै साधारण सभा सम्पन्न गरेकाे हाे । 319060385_861307904914193_5609541299969345617_n

साधारणसभाले पर्यटनको प्रचुर सम्भावना बोकेको चौविसे क्षेत्रको राजारानी ताल लगायतका पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले पर्याप्त ध्यान दिँदै यस क्षेत्रको विकासका लागि लगानाी गर्न माग गरेको छ ।319399162_1621683291627056_8148883492612897793_n

सभामा महासंघको भवन निर्माण गर्न महत्वपूर्ण योगदान दिने सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई, राजेश्वरबहादुर श्रेष्ठ, मोहन वान्तवा, गोपाल बराइली, रमेशचन्द्र अधिकारी, खगेन्द्र घिमिरे, सन्तवीर लामा, टकलाल राई लगायतलाई सम्मान गरेकाे छ । त्यसैगरी महासंघको विकासका लागि सहयोग गर्ने सहयोगीहरुलाई पनि सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली, महासंघका पूर्व सभापतिहरु,  प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य नैन रुचाल, राष्ट्रिय दलित पत्रकार संघका बरिष्ठ उपाध्यक्ष गोपाल बराइली लगायतले शुभकामना दिएका थिए ।

संघका सचिव हरिबहादुर लम्जेलले सञ्चाल गरेकाे कार्यक्रममा उपाध्यक्ष विदुर खवासले प्रमुख अतिथि, अतिथिहरूलाई स्वागत गरेका थिए ।