इटहरी । अनलाइनका माध्यमबाट हुने बालयौन दुव्यवहार नियन्त्रणका लागि सरोकारबाला सचेत हुनु पर्ने देखि लिएर  विशेष ऐनको व्यवस्था गरिनु पर्ने सुनसरीको इटहरीमा आयोजित एक  कार्यक्रमका सहभागी वक्ताहरुले वताएका छन ।    भ्वाइस अफ चिल्ड्रेन इटहरीले आयोजना गरेको अनलाईनका माध्यमबाट हुने बालयौन दुव्यवहार नियन्त्रण विषयका अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले बालबालिका सम्वन्धी विशेष ऐनमा व्यवस्था गर्नु पर्नेमा जोड दिएका हुन ।      पछिल्लो समयमा अनलाईनका माध्यमबाट बालबालिकाहरुमा यौन दुव्यवहार हुने क्रम बढी रहेको तर्फ मध्यनजर गर्दै भ्वाइस अफ चिल्ड्रेनले किन्डर नोथ लाइफ जर्मनी र बि एम जेको सहयोगमा बालबालिका बिरुद्ध हुने साइबर अपराध रोक्न इन्टरनेटमा थप सुरक्षा र संरक्षण नामक परियोजना सञ्चालन गर्दै आएको छ ।IMG_0911 सोही अन्तरगत आयोजित सरोकारवाला विचको अन्तरक्रिया कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले अनलाईनका माध्यमबाट बालबालिकालाई यौन दुव्यवहार गरेको तीन वटा उजुरी परेको र सो विषयलाई साइबर व्युरोमा पठाइएको जानकारी दिए । अनलाईनबाट हुने बालयौन दुव्र्यवहार नियन्त्रणका लागि भ्वाइस अफ चिल्ड्रेनसंग सहकार्य गरेर जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको समेत वताए ।

सो कार्यक्रमा भ्वाइस अफ चिल्ड्रेन सुनसरीका प्रमुख भरत थापाले अनलाईनका माध्यमबाट हुने बालयौन दुव्यवहार नियन्त्रणका साथै बालबालिकाहरुका क्षेत्रमा संस्थाले गर्दै आएका गतिविधिहरुका विषयमा जानकारी गराएका थिए ।

बालबालिका सम्वन्धी ऐन रहेको भएपनि अनलाईनका माध्यमबाट बालबालिकामा हुने यौन दुव्यवहारका विषयमा सो ऐनमा प्रष्ट उल्लेख नगरिएका कारण ऐनमै समावेश गरिनु पर्नेमा समेत सहभागीहरुले जोड दिए । कार्यक्रममा अनलाइनका माध्यमबाट बालयौन दुव्यवहारको अवस्था , बालवालिकाहरुको अनलाईन मोह , त्यसले पारिरहेको असर साथै समस्या समाधानका विषयमा अधिवक्ताद्धय सरोजकृष्ण घिमीरे र रोशनी पौडेलले सहजिकरण गरेका थिए । कार्यक्रममा इटहरी उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख भोजकला दवाडी , भ्वास अफ चिल्डे«न काठमाडौंकी रोजिना कार्की, जिल्ला प्रशासन कार्यालय सुनसरीका निराजन पोखरेल , अधिवक्ता सरोज गिरी लगायतका विभिन्न संघसंस्थामा आवद्धहरु ,राजनितिक दलका नेता  , सचारकर्मी लगायतको सहभागिता रहेको थियो ।नोट ः फुटेज एफटिपीमा आएको छ ।