इटहरी । शुभ लाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधरणसभा इटहरीमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।  बुधबार इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रमका बिच साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दीपक पोखरेलको अध्यक्षता तथा प्रदेश १ का भुमी व्यवस्था सहकारी तथा गरीवी नीवारण मन्त्रालयका सचीव कृष्ण सापकोटाको प्रमुख आतीथ्यमा आयोजित कार्यक्रमका बिच अध्यक्ष दीपक पोखरेलले र्वािषक प्रतीवेदन प्रस्तुत गरेका थिए । कुल १७ सय ६० सेयर सदस्य संख्या रहेको संस्थाको सेयर पुजी ३ करोड ४६ लाख ३१ ह्जार ३ सय रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए । 319197036_5874908179233705_4576074585346432645_n

 वार्षिक साधरणसभामै अवसरमा  संस्थाका सेयर सदस्यहरुका लागी निः शुल्क अाँखा शिविर ,दन्त परिक्षण, र सुगर पे्रसरको चेकअप रक्तदान कार्यक्रम, समेत गराइएको थियो । 319006336_1390850678326028_7881165671665683995_n

यसै बिच संस्था स्थापना तथा सञ्चालनमा सहयोग पुयाउने किरण पराजुली, सिर्जनशिल एकल महिला तर्फ राधिका कोइराला, ज्येष्ठ नागरिक सावित्रीदेवी वस्ती, उत्कृष्ट बचतकर्ता सुन्निमा वानेश, असल बचत कर्ता नमिता नेवार,असल ऋणी गान्धीदेवी चौधरी र एस. ई.ई. र कक्षा ११÷१२ मा उत्कृष्ट हुने सदस्यका ३÷३ छोराछोरीलाइ सम्मान गरेको थियो । साथै विशिष्ट अतिथिइटहरी उप महानगरपालिकाका वडा अध्यक्ष दिवस पोखे्रल, जिल्ला सहकारी सघं इटहरी संयोजक शम्भु श्रेष्ठ,जिल्ला सहकारी सघं सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहाल, इटहरीका समाजसेवी पे्रम प्रसाद न्यौपाने लगाएतका उपस्थिती रहेको थियो ।