इटहरी । विभिन्न कारणले सडक जिवन बिताउँदै आएका मानिसहरुको संरक्षण गर्दै आएको माया घर नेपालले ५ औँ वार्षिक साधारणसभा एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । बुधवार इटहरी स्थित सुकल्प सामुदायिक भवनमा आयोजित कार्यक्रम मायाघरकी संस्थापक अध्यक्ष राधिका दासीको अध्यक्षता तथा राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश १ प्रमुख पवन भट्टको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका बिच साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रमा संस्थाकी अध्यक्ष राधिका दासीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने संस्थाकी कोषध्यक्ष लक्ष्मि बराल गौतमले आर्थीक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । 

संस्थाले व्यवस्थित अभिलेखनको सुरुवात गरी सरोकारवालाहरु समेतको स्रोत परिचालन गरी काम गर्ने गरेको,र्आिथक प्रसासन निती निर्माण गरी कार्यन्वयनमा ल्याइएको संस्थाको प्रतिवेदनमा उल्लेख छ । 318805726_459633246343956_402735022459419679_n

यस्तै माया घर नेपालले स्थापना पछी हालसम्म दुइ हजार भन्दा बढी सडक मानवहरुको उद्धार,व्यवस्थापन र परीवारसँग पुनरमिलन गरीसकेको र हाल संस्थामा एक सय २७ जनाले आश्रय लिइरहेको संस्थाले जनाएको छ । 318646564_1188751285068592_3104521623126991827_n

पारिवारिक सम्बन्ध,मानविय व्यवहार हराउँदै गएको बताउँदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश १ प्रमुख पवन भट्टले यस्तो समयमा राज्यले पनी चासो नदेखाएका कारण अझ समस्या बढ्दै गएको बताएका छन । 319126403_698036628720143_4286286585574364514_n

 कार्यक्रमका बिच सञ्चार क्षेत्रतर्फ सप्तकोसी टेलीभीजनका सञ्चालक तथा प्रोडक्सन प्रमुख दीपक कार्की सम्मान गरेको त्यस्तै स्वयमसेवक अनिता बस्नेत,संस्थापक उपाध्यक्ष सुमी थापा,सामाजिक क्षेत्र तर्फ हिरा आचार्य,प्रहरी प्रशासन तर्फ कुल बहादुर सुर्खेती लगायत बिभीन्न विधाका व्यक्तीहरुलाइ सम्मान पत्र सहित सम्मान गरियो । 

कार्यक्रममा इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संंगीता चौधरी,निवर्तमान उपप्रमुख लक्ष्मी गौतम,विश्व आदर्श कलेज इटहरीका अध्यक्ष लेखनाथ घिमीरे,प्राचार्य गणेश दुलाल लगायतका अतिथीहरुको सहभागीता रहेको थियो ।