इटहरी । विभिन्न कारणले व्यवसायीहरुमा मारमा परिरहेको समयमा आन्तरिक राजस्व कार्यालय इटहरीले समेत व्यवासायीहरुलाई आतंकीत पार्ने गरी अनुगमन गरेको भन्दै इटहरीका व्यवसायीहरु विरोधमा उत्रिएका छन ।
आन्तरिक राजस्व कार्यालयले इटहरीको संगित चोक क्षेत्रमा कपडा तथा जुत्ता पसलहरुमा अनुगमन गर्न थालेपछि व्यवसायीहरु भेला भएर विरोध जनाएका हुन ।
कपडा तथा जुत्ता पसलहरुमा राजस्वको टोलीले नियमति अनुगमन गरिएको भन्दै संगित चोक क्षेत्रका व्यवसायीहरुका पसलमा पुगेर खातापाता खोल्ने स्ट्रोक गन्ने , स्टोर देखाउ भन्ने जस्ता कार्य गरेपछि व्यवसायीहरु भेला भएर विरोध जनाका हुन । राजस्वले छापामार शैलीमा अनुगमन गरेको भन्दै उद्योग वाणिज्य संघ इटहरीका सदस्य जीवन पराजुली लगायतका व्यवसायीहरुले राजस्वको उक्त कार्यको विरोध जनाएका हुन ।
उद्योग वाणिज्य संघका सदस्य पराजुलीले व्यवासायीहरु घरभाडा तिर्न नसक्ने अवस्था पुगिरहेको अवस्था , वैक व्याज तिर्न नसकिरहेको अवस्था र उद्योग वाणिज्प संघ नै बैंकहरुको विरोधमा आन्दोलित भई रहेको समयमा व्यवसायीहरुलाई आंतकीत गर्ने कार्य गरिएकाले विरोध उत्रनु परेको वताए ।
यता आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख कर अधिकृत अर्जुनकुमार न्यौपानेले आफनो कार्य क्षेत्र भित्र अनुमन गर्न पाउने जिम्मेवारी अनुसार अनुगमन गरिएको र व्यवसायीहरुलाई आतंकीत गर्नका लागि नगरिएको वताउछन । उनले व्यवसायीहरुबाट गुनासो आए भने छलफल गर्न सकिने भन्दै व्यवसायीहरुको विरोधका विषयमा छलफल गरिने जानकारी दिए ।
अनुगमनमा आउने कर्मचारीहरुले भ्याटमा दर्ता हुन भन्दै आएको तथा आफनो पसलमा आएर स्ट्रोक खोज्ने जस्ता कार्य गरेको कृष्ण कलेक्सनकी सञ्चालिका सनिता श्रेष्ठले गुनासो गरिन ।
कोरोना कहर यता देखि व्यापार व्यवसायी नचलिरहेको तथा अहिले बैक व्याज लगायतका कारण व्यवसायीहरु मारमा परिरहेको समयमा तत्कालिन अवस्थामा भ्याटमा जान नसकिरहेको समेत व्यवसायीहरु वताउछन । विभिन्न कारणले व्यवसाय चल्न नसकिरहेको समयमा गरिने अनुगमनले व्यवसायी सशंकीत वने छन ।
((




















