इटहरी । इटहरी लेडी जेसिजको २१औं अधिवेशनले वर्ष २०२३का लागि सुमित्रा घिमीरे भट्टराई अध्यक्षमा चयन गरेको छ ।
सर्वसम्मत रुपमा सम्पन्न अधिवेशनले कार्यकारी उपाध्यक्षमा रिता राउत, रजिना तिम्सिना ,उपाध्यक्षमा सर्मिला थापा, लक्ष्मि ढुङ्गाना, कबिता खड्का , यमुना बुढाथोकीलाई चयन गरेको हो ।
त्यसै गरी सचिबमा निर्मला कट्टेल चयन भएकी छन । 
इटहरी लेडि जेसिजकी सस्थापक मिना भण्डारी पुर्व अध्यक्षहरु उर्मिला कटुवाल , मिनु न्यौपानेको सहभागिता रहेको अधिवेशनको निर्वाचन आयुक्त रोशना थापा रहेको वर्ष २०२२की अध्यक्ष दुर्गा खड्का आचार्यले जानकारी दिइन । आचार्यले बाँकी अन्य पदाधिकारी सहित सदस्यहरु पदस्थापन कार्यक्रममा छनौट हुने समेत वताइन ।




















