इटहरी । लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेको समयमा सुनसरीको इटहरीमा लौगिंक हिंसा विरुद्ध चौथो इटहरी सम्मेलन सम्पन्न भएको छ ।
लौगिंक हिंसा विरुद्ध मेलमिलाप परिषद इटहरी र महिला सञ्जाल इटहरीको संयुक्त आयोजनामा लौगिंक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको हो ।
सो अवसरमा कार्यक्रमका अतिथी बक्ताहरुले लौगिंक हिसां अन्त्यका लागि सवैको समान दायित्व हुनु पर्नेमा जोड दिए । लौगिंक हिंसा विरुद्ध मेलमिलाप परिषद इटहरीकी अध्यक्ष लक्ष्मी गौतमको अध्यक्षता तथा नव निर्वाचित प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा महिला सञ्जालकी सचिव योशा गुरागाईले प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने इलाका प्रहरी कार्यालय इटहरीकी प्रहरी बरिष्ठ नायव निरिक्षक कृष्णकुमारी अधिकारीले इप्रका मा दर्ता भएका लौगिंक हिसांका विषयमा जानकारी गराएकी थिइन ।
उनले लौगिंक हिसां विरुद्धको १६ दिने अभियान जारी रहेको समयमा समेत जबरजस्ती करणीका ३ वटा घरेलु हिंसाका ६ वटा लौगिंक हिंसाका ९ वटा र मानिस हराएको २० वटा निवेदन परेको वताइन ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरी , तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनाल विभिन्न संघसंस्थामा आवद्ध सामाजिक अभियान्ताहरुको सहभागिता रहेको थियो ।




















