सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकासपुरमा रहेको गाउँबेशी कृषि सहकारी संस्था लिमिटेडले एक औपचारिक कार्यक्रमको आयोजना गरि ८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

     सहकारीका अध्यक्ष रविन घिमीरेको अध्यक्षता तथा बराहक्षेत्र नगरपालिका नगरप्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यमा गाउँबेशी कृषि सहकारी संस्था लिमिटेडले साधारण सभा सम्पन्न गरेको हो ।

    साधारण सभाका अवसरमा सर्वोत्कृष्ट बचतकर्ता लक्ष्मणकुमार रौनियारलाई कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख कार्कीले सम्मान गरे त्यसै गरी उत्कृष्ट बचतकर्ता सुजन मिश्र सहित १० जनालाई पनि सो अवसरमा सम्मान गरियो ।WhatsApp Image 2022-12-08 at 16.17.50

बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष घिमीरेले वि.सं.२०७२सालमा एक सय दुई जना शेयर सदस्य र तीस हजार छ सय रुपैया शेयर पुँजीबाट सुरु भएको संस्थामा हाल आएर एक हजार ६ सय ४२ जना शेयर सदस्य पुगेको शेयर पुँजी ४४लाख ८५हजार ९सय रुपैया पुगेको जानकारी गराए ।WhatsApp Image 2022-12-08 at 16.17.56 (1)

त्यसै गरी अध्यक्ष घिमीरेले राज्यले कृषकहरुको मागलाई धान्न सक्ने राासायनिक मल तथा विउ वीजन समयमा उपलव्ध गराउन नसकिरहेकोले आफुहरुलाई पनि असर परि रहेको वताए । त्यसका वावजुत किसानहरुका लागि सहकारीले सक्दो काम गरिरहेको जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख कार्कीले कृषिसंग जोडिएको सहकारीले किसानहरुलाई सहज वनाउदै आएको आफुले पाएको वताए ।WhatsApp Image 2022-12-08 at 16.17.56

  कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा नम्बर १०का वडाध्यक्ष तेजबहादुर गुरुगं , प्रहरी चौकी प्रकासपुरका इञ्चार्ज सञ्जीवकुमार अधिकारी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।