इटहरी । चुनाव अघि तथा चुनावपछि पनि लामो समय सम्म रक्तदान कार्यक्रमहरु नहुदा रगत आवश्यक पर्ने विरामीहरुलाई समस्या हुदै आएको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
लायन्स क्लव अफ इटहरी सिटी ,लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडी र सानिमा लाइफ इन्स्योरेन्सले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जना रक्तदाताहरुले रगत दिएका छन ।
नेपाल रेडक्रस सोसाइटी इटहरीको आग्रहमा लायन्स क्लव अफ इटहरी लगायतका संघ संस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
लामो समय देखि रक्तदानका कार्यक्रम नहुन नसकिरहेका कारण रगत आवश्यक पर्ने विरामीरुलाई मध्यनजर गर्दै आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेलले जानकारी दिए ।
उनले सामाजिक सञ्जालमा आग्रह गरेकै भरमा पनि उत्साहजनक रुपमा रक्तदाताहरु रक्तदान गर्न आएको समेत वताए ।
रगत आवश्यक पर्ने विरामीहरुलाई सहज रुपमा रगत उपलव्ध गराउन सकियोस भनेर लायन्स क्लव अफ इटहरीले समय समयमा रक्तदान कार्यक्रम गर्दै आएको अध्यक्ष सविना शोभा कोइरालाले जानकारी दिइन । उनल रक्तदानले अरु जीवन वचाउन सकिने भएकाले रक्तदान गर्नु पर्नेमा जोड समेत दिइन ।
रक्तदान कार्य ४४ पटक गरी सकेका रक्तदाता गणेश दुलालले रक्तदानले अरुको जीवन वचाउन सकिने भएकाले आफु रक्तदान गर्न आएको वताए । उनले रगत नदिदा जोगिने र दिदा कम्जोर हुने गलत धारणा रहेको भन्दै त्यस्ता धारणा हटाएर रक्तदान गर्नु पर्नेमा जोड दिए ।
उनले तीनतीन महिनामा रक्तदान गर्नु रक्तदाताका लागि समेत राम्रो हुने समेत जानकारी गराए ।
नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति पौडेलको अध्यक्षता तथा लायन्स क्लव इन्टरनेशनलका फष्ट भाइस गर्भनर नरनाथ सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।




















