इटहरी । इटहरी तथा आसपासका क्षेत्रका मानिसहरुलाई २५ वर्ष अघि देखि स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्राइभेट लिमिटेडले थाइराइड तथा सुगरका विरामीहरुका लागि निःशुल्क स्वास्थ्य सेवा दिदै आएको छ ।
पछिल्लो समयमा वढी रहेको थाइराइड तथा सुगरका विरामीहरुलाई लक्षित गरी इटहरी मेडिकलले मधुमेह ,थाइराइड तथा हर्माेन रोग विशेषज्ञबाट निःशुल्क परिक्षण सेवा यही मंसिर १० गते शनिवार प्रत्येक शनिवारका दिन निःशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउदै आएको जनाएको हो ।
आगामी पुस २ गते शनिवार सम्म सञ्चालन गरिन निःशुल्क स्वास्थ्य सेवा अन्तरगत हरेक शनिवार विशेषज्ञ चिकित्सक डाक्टर अनिल यादवबाट सेवा दिदै आएको तथा सुगरको निःशुल्क परिक्षणको व्यवस्था मिलाइएको इटहरी मेडिकलका व्यवस्थापक केदार कोइरालाले जानकारी दिए । 
उनले सुगरका विरामीहरुलाई खाली पेट रगत परिक्षण गरिने भएकाले हरेक शनिवार विहान ७ वजे देखि ११ वजे सम्म व्यवस्था मिलाइएको समेत वताए ।
इटहरी मेडिकलमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुद्धारा प्रमाणित ख वर्गको अत्याधुनिक ल्याव सेवा र फोरडी भिडियो एक्सरे सेवा सहित अनुभवी चिकित्सहरुले सेवा प्रदान गर्दै आएको समेत जानकारी गराइयो । इटहरी मेडिकलले इटहरी क्षेत्रमा स्वास्थ्य उपचार सेवा सहज रुपमा नभएको समय देखि नै सेवा प्रदान गर्दै आएको छ ।




















