इटहरी । लौगिकं हिंसा अन्तका लागि सबै आ आफनो तर्फबाट लाग्नु पर्नेमा इटहरीमा आयोजित एक कार्यक्रमका सहभागी अतिथी वक्ताहरुले जोड दिएका छन ।
लौगिंक हिसां विरुद्धको १६ दिने अभियान अन्तरगत महिला सञ्जाल इटहरीले आयोजना गरेको अन्तरक्रियामा सहभागी अतिथीहरुले विभिन्न किसिमका लौगिकं हिसां अझै पनि भई रहेकाले त्यसका अन्त्यका लागि सबैले आ आफनो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिएका हुन ।
महिला सञ्जाल इटहरीकी सस्थापक अध्यक्ष तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले लौगिक हिसां अन्त्यका लागि उपमहानगरपालिकाको न्यायिक समितिले धेरै संरचना वनाएको भएपनि अहिले ति संरचना ध्वस्त वनाइएको गुनासो गरिन । उनले मेलमिलाप सहजकर्ता तयार पार्ने , प्रतिरक्षा समुह वनाएको थियो तर अहिले तिनीहरु सवै निष्कृय वनाइएको वताइन ।
लौगिंक हिसांमा पनि प्रहरी कहाँ आइपुग्ने उजुरीहरुमा धेरै जसो महिला हिसांका घटनाहरु आउने गरेको इलाका प्रहरी कार्यालय इटहरीमा प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । लौगिंक हिंसा अन्तको मुल मन्त्र लौगिकं समानता हुने भन्दै लौगिक समानता कायम गर्नु पर्नेमा जोड दिदै प्रहरी नायव उपरिक्षक खडकाले अहिले पनि अन्धविश्वासका कारण पनि लौगिंक हिसां भइरहेको समेत वताए।
अन्तरक्रियामा महिला हिसां अन्तको विषय केन्द्रीत टंकमणी पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम समाजकी उपाध्यक्ष राधिका कार्कीको अध्यक्षतामा भएको थियो भने लौगिकं हिसां विरुद्ध अभियान सञ्चालन गर्दै आएका विभिन्न संघसंस्था तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
((




















