इटहरी । दुर्घटनाका कारण हुने जनधनको क्षति न्युनिकरण गर्ने उद्धेश्यले ट्राफिक प्रहरी पोष्ट हलगडाले सचेतना अभियान सञ्चालन गर्दै आएको छ ।

   सवारी साधनहरुमा जोखिमपुर्ण यात्रा नगर्न साथै जथाभावी बाटो नकाट्ने लगायतका सडक सुरक्षा सम्वन्धी विषय समावेश गरेर सडक प्रयोगकर्ताहरुलाई ट्राफिक प्रहरी पोष्ट हलगडाले सचेतना गर्दै आएको हो ।

   पोष्टका इञ्चार्ज ज्ञानबहादुर देउजाले प्रयोगकर्ता सवारी चालक , यात्री तथा पैदल यात्रीहरुलाई जम्मा पारेर सडक सुरक्षा सम्वन्धी सचेतना अभिवृद्धि गर्ने कार्य गर्दै आएका  छन ।317597327_849353412921939_4752705393435472567_n यातायात व्यवस्था  सवारी कार्यालय रहेका कारण समेत गलडा क्षेत्रमा सवारी तथा मानवीय चहलपहल वढी हुने गरेको छ त्यसलाई मध्यनजर गर्दै दुर्घटना न्युनिकरणका लागि डिभाइडर राख्ने , फ्याक्स बोड सडक सुरक्षा सम्वन्धी जानकारी मुलक सामाग्रीहरु समेत राखिएका छन ।317463998_1310561086452801_8635699708633851955_n

  सवारी साधन चलाउदा होस यात पैदल यात्रा गर्दा नै किन नहोस सुरक्षीत तरिका अपनाउनु पर्नेमा यस क्षेत्रमा  ट्राफिक प्रहरीले सचेतना जगाउने काम गर्दै आएको छ ।