इटहरी । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति सुनसरीले तीजको अवसर पारेर २ दिने तीज मेलाको आयोजना गर्ने भएको छ । समितिले शुक्रवार पत्रकार सम्मेलन गरी भाद्र ६ र ७ गते २ दिने तिज मेला आयोजना गर्ने जनाएको हो । औद्योगिक गतिविधिहरुलाइ गतिशिल बनाउन हरितालीका तिजको अवसर पारेर इटहरी र आसपासका महिलाहरुले उत्पादन गरेका लघु,घरेलु तथा साना उद्योगहरुको उत्पादनलाइ आम उपभोक्ताहरु समक्ष पुर्याउने उद्देश्यका साथ मेला आयोजना गरीने विज्ञप्तीमा उल्लेख छ । प्रदेश १ का उद्योग,श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हङगाम को प्रमुख आतीथ्यतामा आयोजना हुने मेलामा स्टलहरु बुटिक,खाद्यान्न,जातीय खानाको परीकार,धातुमा आधारीत हस्तकला  लगायत ११ प्रकारका उत्पादनसँग सम्बन्धीत हुने जनाइएको छ । महिला उद्यमीद्धारा उत्पादीत वस्तुहरु प्रचार प्रसार तथा बजारीकरण सम्म महिलाहरुको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागीएको नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ का महासचीव राजेन्द्र केसरी घिमिरेले जानकारी दिए । साथै उक्त अवसरमा विभीन्न लायन्स क्लवहरुले सोही स्थानमा निशुल्क स्वास्थ्य सीवीरको आयोजन गर्ने समेत उनले बताएका छन ।