काठमाडौं : सेण्ट लरेन्स कलेजको अभिमुखीकरण समारोह समापन भएको छ । बीबीएस, बीएरबीएस डब्लुमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै राजधानीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
कलेजका अध्यक्ष केशवप्रसाद दंगालको सभापतित्वमा कार्यक्रममा सञ्चालन भएको हो । कार्यक्रममा कलेजका प्रमुख, प्रबन्ध निर्देशक, विभिन्न संकायका अध्यापकहरू सहित विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिको रूपमा त्रिचन्द्र बुहुमुखी क्याम्पसका मनोविज्ञान विषयका प्रमुख डाक्टर तिमोथी अर्याल उपस्थित हुनु भएको थियो भने, नेपाल बैंकका सहायक सिइओ लक्ष्मण पौडेल अतिथिको रूपमा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
कलेजका प्रमुख पुरुषोत्तम महर्जनले कलजेले मुलुकमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । कलेजका अध्यक्ष केशवप्रसाद दंगालले गुणस्तरीय शिक्षासँगै कलेजले अतिरिक्त क्रियाकलापहरूलाई पनि उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
विभिन्न संकायका विद्यार्थीहरूले आफ्नो अनुभव प्रस्तुत गरेको कार्यक्रममा बीबीएस, बीएरबीएस डब्लु विषयका विविध पक्षबारे क्रमशः अध्यापकहरू राजेशमान सिंह र मणि ठगुन्नाले जानकारी गराउनु भएको थियो ।
कलेजका निर्देशक तारा सुवेदीले कलेजमा अध्ययनरत विद्यार्थीहरूका लागि पाठ्यपुस्तकमा आधारित बाहेकका जीवनोपयोगी अन्य पुस्तकहरू पनि पठन पाठनको व्यवस्था मिलाइएको बताउँदै सेण्ट लरेन्सका विद्यार्थीहरू अन्तर्राष्ट्रिय विश्वविद्यालयका विद्यार्थीहरूसँग पनि प्रतिस्पर्धा गर्न सक्ने धारणा राख्नुभयो ।
स्वागत मन्तव्य राख्दै स्नातक तथा स्नातकोत्तर कार्यक्रमका निर्देशक विष्णुहरि न्यौपानले कलेजले संचालन गरिरहेको विविध कार्यक्रमबारे प्रकाश पार्नुभयो । प्लस टु तथा त्रिभुवन विश्वविद्यालयले लिने परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको यस कलेजमा स्नातकोत्तर ९एमबीएस० तहसम्म पढाइ संचालन हुँदै आएको छ ।





















