काठमाडौं : महानगरीय प्रहरी परिसरले नक्कली मास्क बेचेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भई त्रिपुरेश्वरमा महालक्ष्मी इशान इन्टरप्राइजेज सञ्चालन गर्दै आएका ३४ वर्षीय बुद्धिबहादुर कार्की , भारत राजस्थान घर भई भोटेबहाल बस्ने २० वर्षीय यश अग्रवाल, भोटेबहालमै बस्ने २० वर्षीय श्रीयान्स लावटी र सभापोखरी गाउँपालका(१ घर भई सातदोबाटो बस्ने २३ वर्षीय मुक्तिप्रसाद पोखरेल रहेका छन्।
प्रहरीले महालक्ष्मी इशान इन्टरप्राइजेजबाट २१ कार्टुन ९३०२४ थान मास्क० बरामद, ६५ बट्टा ९११७० थान मास्क०, वानसेट सप्लायर्सबाट ८ कार्टुन ९१९२० थान मास्क० बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।




















