विराटनगर–७ मा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत पुस १४ गते को २८ प ६५४९ नम्बरको यामाहा कम्पनीको एफ जेठ मोटरसाईकल चोरीमा संम्लग्न आरोपमा दुहवी ५ का २० वर्षीय मनिष परियार पक्राउ परेका हुन् ।
उनलाई पुस १९ गते मोटरसाइकल सहित पक्राउ गरि चोरी कसूरमा पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलर्य मोरडका सूचना अधिकारी दिपक श्रेष्ठले जनाएको छ ।



















