रामधुनी : नेपाली कांग्रेस रामधुनी नगर कार्यसमितिको दोश्रो बैठकले कार्यसमिति विस्तार गरेको छ । नगर सभापति सुदीप अधिकारीको सभपतित्वमा बुधबार (आज) बसेको दोश्रो बैठकले कोषाध्यक्षमा क्षेत्रीय प्रतिनिधि महिलाबाट सीता ढुङ्गेल फुँयाललाई चयन गरिएको छ ।
त्यस्तै, नेपाली काङ्ग्रेसको विधानको धारा ६५ अनुरूप सभापति दोस्रो मत ल्याउने उम्मेदवारलाई सदस्यमा मनोनित गर्न नगरकार्य समितिले पाउने भएकाले सगेन चौधरीलाई नगर सदस्यमा मनोनित गरिएको छ ।
नगरदेखि टोलसम्म समिति विस्तार गर्न लगिएकाले नगरमा विद्यमान व्यवस्था गरे अनुरुप विस्तार गरिएको सभापति सुदिप अधिकारीले बताउनुभयाे । अबको केही समयमा नगर तथा पार्टी कार्यालय नभएको वडामा पार्टी कार्यालय विस्तारसँगै समिति गठनमा नगर कार्यसमिति लागि परेको उहाँले बताउनुभयो । चुनावी अभियानलाई लक्षित गरेर विभिन्न राजनीतिक गतिविधिहरूमा सकृयता देखाउन रामधुनी नगर कार्य समिति लागि परेको हो ।
स्थानीय तहको चुनाव नेपाली कांग्रेसलाई कसरी सबै स्थानमा विजय गराउने भनेर नगर कार्यसमिति केन्द्रित भएर काम गर्न शुरू भएकाे बताइएकाे छ ।



















