कार्यक्रममा खादा, मालाको तामझाम नगर्न राप्रपा अध्यक्ष लिङ्देनको निर्देशन

  • पुस ११, २०७८
  • सप्तकोसी अनलाइन
alt

सुनसरी : ७७ जिल्ला समितिलाई राप्रपा अध्यक्ष लिङ्देनको सर्कुलर स् कार्यक्रममा खादा, मालाको तामझाम नगर्नु ।

११ पौष, काठमाडौं । केही दिन अघि दाङमा आयोजित लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकमा २५ केजीको फुलको माला अस्विकार गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं आउनासाथ माला, खादा लगायतका तामझाम नगर्न ७७ जिल्लालाई निर्देशन दिएका छन् ।

दाङको सभामा कार्यकर्ताले ठूलो माला लगाउन खोज्दा २५ किलोको माला लगाउने काम गरिसकेको छैन, देश र जनताका लागि धेरै काम गर्न बाँकी छ, त्यसपछि माला लगाउँला पहिले काम गरौं भनेका लिङ्देनले पार्टीका अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिहरु जिल्लाको भ्रमणमा जाँदा वा स्थानीय तहका कार्यक्रममा माला, खादा, उपहार वा कुनै किसिमको तामझाम नगर्न, सादगी व्यवहार आचरण अपनाउन केन्द्रीय कार्यालयले मातहतका निकायलाई सर्कुलर गरेको राप्रपा महामन्त्री  भुवन पाठकले जानकारी दिएका छन् ।

2 1



    हाम्रो बारेमा

    • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
    • सप्तकोसी अनलाइन
    • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
    • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
    • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
    • स्थायी लेखा नं.: ६०३५५०७८२
    • विज्ञापन तथा सुचनाको लागि
    • ९८४२१८२६०२, ९८१९३४५६२७

    हाम्रो टीम

    • अध्यक्ष/सम्पादक विकल रेग्मी
    • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल