मनाङ । चिसो बढेसँगै मनाङका धेरैजसो खोलानालाका पानी हिउँमा परिणत भएको छ। सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जम्मेपछि पिउने पानी समेत पाउन कठिन भएको छ। यहाँको दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्ने गरेको छ।