विराटनगर–७ स्थीत मेरिल्याण्ड कलेजले सुक्रबार कक्षा ११ र १२ का विद्यार्थीहरुको लागि बक्तृत्वकला प्रतियोगीता आयोजना गरेको थियो । अहिलेको विश्वले झेलिरहेको समस्या र नेपाल पनि यस समस्याबाट अलग नरहन सकेकोले “विश्वव्यापी तापमानको प्रभाव र यसलाई कम गर्न युवाहरूकाे भुमिका” विषयक बकतृत्वकला प्रतियोगीता आयोजना गरिएको थियो । कलेजमा पढ्ने युवाहरु बिच सचेतना जगाउन र उनीहरुको यस प्रति धारणा लिन उक्त शिर्षक चयन गरिएको कलेजका प्रिन्सीपल लक्षण ढकालले जानकारी दिनु भयो ।प्रतियोगीतामा ३७ जना प्रतिस्पर्धीले आ–आफ्नो दमदार प्रस्तुति दिएका थिए । प्रतियोगीता अंग्रेजी र नेपाली दुवै विधामा वाचन गर्ने सुअवसर दिएको थियो । प्रतियोगिताको अध्यक्षतामा कलेजको अध्यक्ष गुणराज ढंुगेलले गर्नु भएको थियो । प्रतियोगीतामा अंग्रेजी तर्फ स्नेहा ढकाल प्रथम, कौशल साह द्वितिय, क्रीस्टीना शर्मा तृतीय र रोहीत कुमार सिंहले सान्तवना पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै गरी नेपाली विधा तर्फ लक्षीता नहाटा प्रथम, सरु पराजुली द्वितिय, कृस्टा पोखरेल तृतीय र वेदान्ती सापकोटाले सानत्वना पुरस्कार प्राप्त गरेका थिए । विजयी छात्रा छात्रहरुलाई नेपाली तर्फका निर्णायक कवि तथा साहित्यकार विवश पोखरेल र अंग्रजी तर्फका निर्णायक आलमगीर रैनले गर्नु भएको थियो । कलेजका प्रिन्सीपल लक्ष्मण ढकाल, उपाध्यक्ष पि.के.झा, डाइरेक्टर डा. मनोज गुप्ता, डाइरेक्टर प्रदीप भगत, डाइरेक्टर नन्द किशोर अग्रवाल, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेल र कलेजका सामाजीक विषयका प्राध्यापक बद्री पौडेलले पुरस्कार तथा प्रमाण–पत्र प्रदान गर्नु भएको थियो । कोरोना भाईरस वावजुद पनि विद्यार्थीमा निहित प्रतिभा उजागर गर्न कलेजले यस वर्षपनि मिनी क्यालेण्डर विद्यार्थीहरुलाई वितरण गरि सोहि बमोजिम उक्त कार्यक्रम गरिएको कलेजका अध्यक्ष गुणराज ढुंगेलले वताउनु भयो ।आफ्नो छोरी पनि प्रतियोगीतामा सामेल हुने थाहा पाएर सर्लाहिबाट आएका अभिभावकले विद्यार्थीको प्रस्तुती देखेर मेरील्याण्ड कलेज साँच्चीकै आफुले सुनेको जस्तै भएको बताए । कोरोना भाईरस पछि कलेज खुले पछिको पहिलो अतिरिक्त कृयाकलापको वावजुद पनि विद्यार्थीका उल्लेख्य सहभागिता र दमदार प्रस्तुती देखेर नेपाली विधाका निर्णायक कवि तथा साहित्यकार विवश पोखरेलले अत्यन्त खुशी र आश्चर्य प्रकट गर्नु भयो । उहाँले भन्नु भयो आजका युवाहरुमा पनि जल्दो बल्दो समस्या प्रति चासो देखेकोमा खुशी प्रकट गर्नु भयो । स्मरण रहोस मेरील्याण्ड कलेज पुर्वकै व्यवस्थापन संकायमा पढाई हुने अब्बल शैक्षिक संस्थामा गनिन्छ ।