इटहरी । लैगिंक हिँसा विरुद्को १६ दिने अभियान अन्तर्गत “विवाह बारी २० वर्ष पारी, बालविवाह अन्त्य गर्ने हामी सबैको जिम्मेबारी” भन्ने मूल नाराका साथ सन्देश मूलक सडक नाटक सम्पन्न भएको छ । प्लान इटरनेश्नल नेपाल,  सि.एस.डि.सि को साझेदारी र धरान उपमहानगरपालिका सँगको सहकार्यमा उतm नाटक श्री भालढुगां मा.वी, धरान २० मा प्रदर्शन गरिएको हो । 

नेतृत्व र निर्णय परियोजना अन्तर्गत परिर्वतनका सम्बांहक कक्षाका श्री सरस्वती मा. वी, धरान ६ र ज्वालामुखी मा. वी धरान १७ का १५ जना सहभागीहरुले उतm नाटक प्रदर्शन गरेका हुन् । नाटकमा बालविवाहको असरहरु र किशोरी अवस्थामै गर्ववती हुँदा प्रजनन स्वास्थ्यमा आउने समस्याले ज्यान समेत जान सक्ने जोखीमलाई दर्शाएको थियो । 

बाल विवाहलाई कसरी हातेमालो गरेर अन्त्य गर्न सकिन्छ भन्नेवारे विशेषतः जोड दिएको सहभागि सविता पुरीले जानकारी दिइन् । उनका अनुसार सामाजिक संजालको दुरुपयोगले किशोर किशोरीको जीवनमा पार्ने नकारात्मक असर आदि विषयवस्तुलाई नाटक मार्फत जनचेतना दिन खोजिएको हो ।  

त्यसैगरी, भालढुँगा मा. वीका प्रधानध्यापकका अनुसार कक्षा ९ र १० का विधार्थाीहरुमा आफैले विवाह गरेर विधालय र पढाई छाड्ने प्रवृति रहेको छ । बालबिवाह अन्त्य गर्न का लागि बिधालय बाट बिभिन्न कार्यक्रम हरु आयोजना गर्ने र किशोर किशोरी हरुलाई पुनः विधालय आउन हौसला समेत प्रदान गर्दै आएको उनले बताए । 

त्यसै कार्यक्रम हेर्ने सहभागी किशोरीहरुले एस्तै जनचेतना मुलक कार्यक्रमले मानिस को जनचेतना फैलाउने र सानो उमेरमा बिबाह गर्न नहुने र सो विषय थाँहा पाए नजिकै को प्रहरीलाई खबर गर्ने बताए । 

प्लान इनटरनेशल नेपाल र सि.एस.डी.सीको साझेदारीमा संचालित नेतृत्व र निर्णय परियोजना अन्तर्गतको परिवर्तनका संबाहक कक्षा हाल सुनसरीको धरान, बराहक्षेत्र, रामधुनी, ईनरुवा, गढी र दुहवीको १२ वटा सेन्टरमा आयोजना भईरहेको छ । विषेषत १० देखि २४ वर्षका बालबालिका, किशोर किशोरी र युवा लक्षित उतm कक्षामा करिब एक हजार जना सहभागीहरु रहेका छन् । विधालयको भन्दा फरक तरिकाले सहभागीहरुलाई यौन प्रजजन स्वास्थ्य, महिनावारी, नेतृत्व, समाजमा फैलिएका नराम्ररा भ्रमका बारेमा सचेत बनाई सो विषयमा स्वयम्ले निर्णय गर्न सक्ने बनाउनु हो ।