- तेजबहादुर बन
इटहरी । इटहरीमा रहेका तेश्रोलिंगि अल्पसंख्यकहरूले मंगलबार सुनसरिका कृयाशिल त्रकारहरूसंग गुनासो पोखेका छन । ठुला ठुला नेता तथा मन्त्रीहरूको मात्र भनाइलाइ प्राथमिकता दिएको तर समाजबाट पिछाडि परेको अल्पसंख्यकहरूको मुद्धा र समस्याबारे कसैले सोधिखोजि नै नगरेको गुनासो गरे ।
मंगलबार इटहरीमा आयोजित लिंग र लैङगिताबारे मिडियाको भुमिका नामक अन्तरकृिया कार्यक्रममा उनिहरूले यस्तो गुनासो राखेका हुन । उनिहरूले अल्पसंख्यकहरूलाइ हेर्ने समाजको नजर अझै पनि रूढिवादि परम्पराकै रहेको र राज्यले समेत समान अधिकार प्रदान नगरेकोले समुदायनै संकटमा परेको गुनासो पोखे ।
अन्तरकृया कार्यक्रममा पत्रकारहरूलाइ बुझाउदै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले तेश्रोलिंगि अल्पसंख्यकहरूलाइ समाजमा समानता अधिकार प्राप्तिकालागि पत्रकारहरूले उनिहरूको बिषयमा खोजमुलक सामग्रिहरू सम्प्रेसन गरिनुपर्नेमा जोड दिए । उनले सानो भन्दा सानो समस्यालाइ आवाज बनाउन समाजमा ल्याइदिनाले अल्पसंख्यहरूको लागि थोरै भएपनि राहत मिल्ने बताए ।
इटहरीस्थित निलहिरा समाजको आयोजनामा भएको अन्तरकृया कार्यक्रममा अल्पसंख्यक तथा कार्यक्रम संयोजक पिटर राइले मान्छे जन्मदै लिंगको आधारमा पुरूष या स्त्रि भनेर पहिचान गरेपनि भविस्यमा शरिरको बनावट संगै हार्मोन परिवर्तन हुदा एकाएक इच्छा पनि परिवर्तन हुन आउने र त्यसैलाइ अल्पसंख्यकको रूपमा चिनिने बताए ।
तर आफु अल्पसंख्यक हो भनेर परिवार र समाजमा खुलेर बताउन नसकेकै कारण धेरैले आफ्नो इच्छाहरू मार्ने पिटर राइले बताए । मुलुकमा तिन तहको सरकार गठन भएपनि अल्पसंख्यकहरूलाइ समाज , रोजगारी , राजनीति लगायत कुनै निकायमा स्थान दिन नसकेको अर्का अल्पसंख्यक तथा अधिकारकर्मि देवनारायण चौधरी९देब्यानी०ले बताए । उनिहरूले राज्यले समानताको ब्यवहार र अधिकार दिनुपर्नेमा जोड दिदै आएका छन ।
इटहरीस्थित युवा बिकास केन्द्रको सहकार्यमा सम्पन्न अन्तरकृया कार्यकमलाइ राइट हेयर , राइट नाउले प्रायोजन गरेको थियो । कार्यक्रममा उपस्थित पत्रकारहरूलाइ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले प्रोजेक्टर मार्फत दर्शाएका थिए ।



















