पाचथर– राष्ट्रिय प्रजातन्त्र पार्टि पाँचथरको एकता अधिवेशन सम्पन्न भएको छ । जिल्लाको एकता अधिवेशनले जगत थापा मगरलाई अध्यक्षमा सर्वसम्मते चयन गरेको छ । एकता भएको करिब २० महिनासम्म पाँचथर जिल्लामा पार्टि एकता अधिवेशन हुन सकेको थिएन ।
यस विचमा विभिन्न चरणमा एकता प्रयास गरिएपनि सफल हुन सकेको थिएन । ३ खेमामा विभाजित राप्रपा केन्द्रमा पार्टि एकता भएको करिब २० महिनापछि पाँचथर जिल्लामा पार्टि एकता अधिवेशन पुर्व मन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।
यस विचमा विभिन्न चरणमा एकता प्रयास गरिएपनि सफल हुन सकेको थिएन । खुल्ला सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी सुब्बाले प्रदेश १ अन्तर्गत पाँचथरमा मात्र राप्रपा एकता हुन बाँकी रहेको र पाँचथर जिल्लामापनि एकता सम्पन्नपछि अब राप्रपाले एकताको शक्ति लिएर निर्वाचन र जनतामाझ जाने वताउनुभयो । जनताले गाउँ बस्ति÷बस्तिमा राप्रपाको आवश्यकता देखेकाले पाँचथर जिल्लामा राप्रपा एकताको सन्देशले जनतामा उत्साह बढेको बताउनुभयो ।
जिल्लाको एकता अधिवेशनले जिल्ला अध्यक्ष मात्र चयन गरेको र बाकि पदाधिकारी जिल्लाको पहिलो बैठकले मनोनयन गर्ने अध्यक्ष मगरले वताउनुभयो ।
एकता अधिवेशनको खुल्ला सत्र पार्टिका केन्द्रिय सदस्य, कार्य सम्पादन समिती सदस्य तथा पुर्व मन्त्री रामकुमार सुब्बाले खुल्ला सत्रलाई पार्टिका केन्द्रिय सदस्य, कार्य सम्पादन समिती सदस्यद्धय तेजकुमार कुरुम्बाङ, सगुन सुन्दर लावती केन्द्रिय सदस्यहरु छविरमण सुवेदि प्रेमराज थाम्सुहाङ, रामप्रसाद पोखरेल ९ रामु ० , मदन पोखरेल लगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए । अधिवेशनमा पाँचथर जिल्ला स्थित ८ वटै पालिका तथा वडाहरुबाट ४ सय वढि प्रतिनीधि तथा पर्यवेक्षकहरुको उपस्थिती रहेको थियो ।