पथरी । मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले १६ र्औ बार्षिक साधारण सभाको अवसरमा २ पत्रकार सहित ९ जनालाई सम्मान गरेको छ ।
वन समूहले शुक्रबार प्राइम टेलिभिजनका मोरङका पत्रकार कुमार खड्का र क्रेजी डटकम पथरीमा कार्यरत ईश्वर दुलाललाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरेको हो ।
त्यसैगरी संस्थाको पूर्व पदाधिकारी सदस्यहरु रोहित बास्तोला, कुमारी साही, चन्द्रकला गुरुङ, खड्गप्रसाद राई, टंकप्रसाद घिमिरे, कृष्णप्रसाद घिमिरे र भक्तबहादुर लकान्द्रीलाई पनि सम्मान गरेको छ ।
वन समूहका अध्यक्ष काबुलबहादुर(विकास)मगरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष यामप्रसाद गुरागाई, वैज्ञानिक वन सञ्जालका केन्द्रीय उपाध्यक्ष दिलराम राई, हरियाली वन कम्पनीका अध्यक्ष अशोक साम्पाङ राई, संस्थाको लेखा परीक्षण गर्दै आएका सीए एकराज सिग्देल र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष काबुलबहादुर मगर, आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिलबहादुर तामाङ र लेखा समितिको प्रतिवेदन संयोजक रमेश दाहालले प्रस्तुत गरेका थिए । हरियाली वन वन ब्याबस्थापनमा नेपालकै प्रथम हुनुको साथै समूहका अध्यक्ष काबुलबहादुर मगर वन क्षेत्रको राष्ट्रिय अभियान्ताको रुपमा सरकारी निकायबाट सम्मानित पुरस्कृत भएका ब्यक्ति हुन्
सामुदायिक वनले करिब तीन सय क्षमताको एसीसहितको सभा हल निर्माण गरेका छन भने ५० करोड बढीको योजनामा पर्य पर्यटन क्षेत्रको रुपमा बिकास भइरहेको छ । जसको लागि उपभोक्तहरुबाटै पब्लिक कम्पनी दर्ता गरेर काम सुरु भइसकेको छ ।



















