आइएमई गुरुप अन्तर्गत सञ्चालित अशोक ल्याडण्डले एल सि भि रेन्जको दोस्त गाडिहरुमा सर्भिस क्याम्पको आयोजना गरेको छ ।
चार्ड पर्बलाइ लक्षित गर्दै आइतबार बाट देशै भर सुरु भएको उक्त सर्भिस क्याम्पमा ग्राहकको सहजतालाइ मध्यनजर गर्दै सुनसरीको इटहरीमा पनि सुरु भएको हो ।
पाँच दिन सम्म चल्ने एल सि भि रेन्जको दोस्त गाडिहरुको सर्भिस क्याम्पमा बिभिन्न शीर्षकमा विशेष छुटको व्यबस्था गरिएको अशोक ल्याडण्डका रेजिनल मेनेजर प्रमोद घिमीरेले बताउनुभयो ।
गाडीको सामान र पार्टको खरिद गर्दा ८ प्रतिशत, लेभर चार्जमा ३० प्रतिशत, मोबिलमा १५ प्रतिशत र गाडिको सर्भिसिङ चार्ज ३५ पटक निः शुल्क रहेको उहाँले जनकारी दिनुभयो ।



















