सुनसरी : इटहरी ५ स्थित कलंकीमा २ दिने कार मेला सुरु भएको छ । सुनसरीमै पहिलोचोटी Cash on wheel कम्पनिले  विभिन्न मोडलका सेकेण्ड हेन्ड कारहरुको मेला लगाएको हो  । 


पुराना अर्थात केहि समय चलेका पुराना मोडलका कारहरु बजारमा ल्याएर राम्रो अनि सुविधा युक्त कन्डिसनका कारहरु एक्चेन्ज  गर्न सकिने आयोजकले जानकारी दिएका छन् । इटहरीमा सञ्चालन भइरहेको यो कार मेलमा Cash on wheel कम्पनिकै सेकेण्ड हेन्डका कार समेत खरिद गर्न सकिने छ । 


मेलाको जानकारी दिर्दै Cash on wheelका नेपाल प्रमुख मोहन भन्डारीले मेलामा क्रेता र बिक्रेता बिच सिधा कुराकारी गरी किनबेच्च हुने भएकाले सस्तो र बिचलिया समेत नलाग्ने उहाले बताउनु भयो । मोलामा सहभागी गराए बापक कम्पनीले कुनै पनि प्रकारको रकम नलाग्ने र अबश्यक परेमा गाडी नै कम्पनीले किन्ने उहाले जानकारी दिनुभयो ।


आफुलाई मन नपरेका कारहरुको उचित मुल्यमा खरिद गर्न सकिने यो मेला २ दिन सम्म लाग्ने छ आइतबार बाट सुरु भएको यस मेलामा एकै दिन दर्जन भन्दा धेरैले सेवा सुविधा लिएका छन् ।