रानि-किमाथांका ६ लेन सडक परियोजनाअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ र ९ को सिमामा रहेको ट्याङ्ग्रा खोलामा निर्माणाधीन कल्वट एक वर्षसम्म पनि निर्माण सम्पन्न नहुँदा स्थानीय आन्दोलित बनेका छन् । परियोजनाले यो ठाउँको ठेक्का भूमि कन्ट्रक्सन जेभिलाई दिएको छ । गत वैशाखमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएपनि अहिलेसम्म कल्बट निर्माणले अन्तिम रुप नपाउँदा स्थानीय रुष्ट बनेका हुन् । इटहरीका स्थानीय गजेन्द्र पालुङ्वाले भन्छन् हामीले एक दिन सहने, दुई दिन सहने वा ६ महिना या वर्ष दिनसम्म सहने । कहिलेसम्म यो ज्याददी सहने ? त्यसैले यो चाँडो भन्दा चाँडो निर्माण सम्पन्नहुनुपर्यो । यहाँको क्लवट धरापमै छोड्दा सडक दुर्घटना बढे र खोलाको पानि अनियन्त्रीत भइ गाउँ पस्ने गरेको स्थानीयको गुनासो छ । आगामी दुई साता सम्म पनि यहाँको निर्माण नसके निर्माण कम्पनीलाई कारबाही गर्ने स्थानीयले चेतावनीदिएका छन् ।

आफूहरुले यस अघि नै सडक विभागलाई यहाँको बस्तुस्थितिको बारेमा जानकारी गराएको स्थानिय नन्दु थापाले बताए । तर, पनिअहिलेसम्मकाम सम्पन्ननभएकोमा उनले गुनासो गरेका छन् । त्यो समयमा ठेकेदारले एक लेयर हाल्नबाँकि रहेकाले काम सक्ने आश्वासनदिएको तर अहिलेसम्म काम नसेको र अवका दिनमा यस्तै समस्या भए ठेकेदारलाई कारवाही गर्ने चेतावनीदिएका छन् । 

यता ६ लेन सडक परियोजनाले काम सम्पन्न गर्न निर्देशन दिएता पनि समयमा नै काम सम्पन्न गर्न नसकेको स्विकार गरकेो छ । परियोजनाका इन्जिनियर दिपेन्द्र दासले गत जेठअसारमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिएपनि विविध कारण निर्माण सम्पन्ननभएको बताएका छन् । ‘जेठ असारमा नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीले टार्गेट बनायो । तर यो मन्सुनको कारणले ढिलाई भएको उनले बताएका छन् । 

एक वर्ष भन्दा धेरै समय काम सम्पन्न हुन्छ कि भनेर आफूहरुले सहेर बसेको र अवआफ्नो धर्यताको बाँध टुटेको स्थानीयको भनाइ छ । यसरी पुल कल्भट निमाणर्मा ढिलाई हुदाँ यहाँ दैनिक दुर्घटना हुने गरेका छन् यसको काम सम्पन्नता गर्न सडक विभागले गम्भिर बन्न आवश्यक रहेको छ ।