कुमार खड्का, पथरी ।
२०५० साल देखी पथरी शनिश्चरे स्थित वडा नम्वर २ मा एकल जिवन विताई रहेकी फुलमाया मगरलाई पाठेघर खस्ने समस्याले सताएको लामो समय भएको थियो ।
कमजोर आर्थिक अवस्था र दैनिक ज्याला मजदुरी गरी जिविको पार्जन गर्दै आएकी फुलमायाले पाठेघर खस्ने समस्याको उपचार गराउदा गराउदै ४० हजार भन्दा बढी रकम खर्च गरि सकेकी छिन ।
दैनिक ज्यालामजदुरी गरि जिविको पार्जन गर्दै आएकी फुलमायाको रोग तव मात्रै पत्ता लाग्यो जव उनले दिनरात मेहेनत गरेर कमाएको ४० हजार रुपैया सवै सकियो ।
रोगको निक्र्योल त भयो तर रोगको उपचार गराउन भने फुलमायालाई थप समस्या पर्यो ।
गरिबको कर्मै खोटो भने झै जेनतेन गरेर जोहो गरेर राखेको सवै रकम पनि सकियो थप उपचार गर्ने रकम नहुदा यतिवेला फुलमाया थलिएकी छिन् ।
पारिवारिक समस्याका कारण २०५० साल देखी काखेछोरा च्यापेर श्रीमानको साथ छाडेर पथरी आएकी फुलमायाले बनीबुतो गरेर जिवन यापन गर्दै आएकी थिइन् ।
आर्थिक समस्याकै कारण छोरालाई राम्रो शिक्षा दिन पनि पाईनन् जसका कारण छोराले पनि आमाकै जस्तै ज्यालामजदुरी गरि जिविको पार्जन गरि रहेका छन् ।
पाठेघर खस्यो भन्दा भन्दै फुलमायालाई क्यानसर भयो अहिले पाठेघरमा क्यानसर भएपछि घरको आँगन पनि फुलमायाका लागि टाढा भएको छ ।
मोरङ पथरी शनिश्चरे २ नवज्योती टोलमा फुलमायाको एउटा सानो घर छ । वनको छेवैमा खालि जग्गा रहेको थियो । सो जग्गा पनि माइतीका दाजुहरुले उपभोग गरिरहेका थिए तर गाउँलेहरुसंगको सल्लाहमा दाजु भाइहरुले फुलमायालाई घर बनाएर बस्न दिएका छन् ।
करिब १ वर्षअघि बिरामी भएपछि अस्पताल धाउन थालेकी फुलमायालाई गत साउनमा नोवेल अस्पताल बिराटनगरले पाठेघरमा क्यानसर पत्ता लाग्यो ।
अस्पतालमा जचाउदा कहिले मृगौलामा पथ्थरी त कहिले पाठेघरमा समस्या भएको भन्दै अस्पतालले दिएको औषधी खाए तर पिडा कम भएन् कमाएको ४० हजार रुपैया पनि सकियो रोग पत्ता लाग्यो तर उपचार गर्न अव पैसा छैन आखाभरी आसु पार्दै फुलमायाले देखेसो सुनाइन ।
अब उपचारका लागि भरतपुर क्यानसर अस्पताल जान रकम अभाव भएपछि फुलमाया जीवन मरणको दोसाँधमा छिन् । वडा कार्यालय, नगरपालिका, सामुदायिक वन र छिमेकीहरुले आर्थिक सहयोग गरेर फुलमायाको उपचार गर्ने बताइरहेका छन् ।
फुलमायाका २ भाइ छोराहरु पनि मज्दुरी गरेर परिवारको जिविको पार्जन गरिरहेका छन् । आमाको उपचारका लागि रकम संकलन भए तत्काल उपचार गर्न लाने छोरा दिनेश पुलामी मगरले बताए । देश तथा विदेशमा रहनुहुने सबै मनकारीहरुले सकेको सहयोग गरेर आफ्नो उपचार गरिदिन फुलमायाले अनुरोध गरेकी छन् ।
फुलमायाको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न नवज्योती टोल बिकास समिति अध्यक्ष खेमराज न्यौपानेको संयोजकत्वमा समिति समेत गठन भएको छ ।
सहयोग गर्न चाहनेहरुले फुलमायाका छोरा दिनेश पुलामीको शिद्धार्थ बैंक पथरी शाखामा रहेको खाता नं. ००७१८३००९४० मा सहयोग पठाउन सकिने समितिले जनाएको छ । सम्पर्क गर्नुपरेमा समितिका संयोजक न्यौपानेको फोन नं. ९८०७३१३१३४ मा गर्न सकिने जनकारी दिइएको छ ।



















