पथरी । मोरङको पथरीमा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटीले बर्तमान सरकारले खारेज गरेको भ्ुमी आयोग पुनस्थापनाको माग राख्दै विरोध प्रर्दशन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगर कमिटिका युवाहरुले प्लेकार्ड सहितसरकार विरुद्ध नारा लगाउँर्दै आइतबार पथरी बजार परिक्रमा गर्दै विरोध प्रदर्शन गरेको हुन ।
विरोध र्याली पछि पथरीको लोकतान्त्रीक चोकमा कोण सभा गरेका थिए । भूमिहीन सुकुम्बासी एक हौं, खारेज गरेको भूमि आयोग फिर्ता गर, र सुकुम्बासीहरुको भूमि खोस्न पाईदैन, जस्ता नाराहरुको प्लेकार्ड हातमा बोकी र्र्यालीमा नारा लगाएका थिए । युवा संघका वडा कमिटि, नगर कमिटिका युवाहरु उपस्थित भएका थिए ।
कोण सभामा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय महासचिव रमेश आचार्य, नेकपा एमाले प्रदेश सदस्य देवराज भण्डारी, पथरीशनिश्चरे नगरका उपमेयर यामुना विष्ट बास्तोला र शैक्षिक अभियान्ता प्रदिपकुमार राईले सम्बोधन गरेका थिए ।
वर्षौंदेखि जारी यस समस्याको दिगो समाधान हुने दिशातिर अगाडि बढिरहेको बेला राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग खारेज गर्ने सरकारको निणर्य सही नभएको बक्ताहरुले बताएका थिए ।
पथरीशनिश्चरे नगरमा ९ हजार ७ सय ९३ घरपरिवारको भूमिहिन सुकुम्बासी, भूमिहिन दलितहरुको लगत संकलन गरिसकेको र ४ हजार ७ सय ८० को कम्युटरमा डाटा इन्ट्री गरेर पठाई सकेको थियौं अब त्यो अलपत्र पर्ने हो की भन्ने डर भएको उपप्रमुख विष्टले बताइन् ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय उपमहासचिव बिजय डाँगी, सचिब सुनिता कार्की, मनि लुम्फुवा, नविन कार्की लगाएत उपस्थित भएका थिए । त्यसैगरी नेकपा एमाले प्रदेश सदस्य देवराज भण्डारी, युवराज बास्कोटा यज्ञ, जिल्ला सदस्य भोला अधिकारी, मोहन तुम्बापो, पर्शु मिश्र, भगतचन्द्र थपलीया लगाएत पार्टीका नगरकमिटी नेताहरु उपस्थित भएका थिए । कोण सभाको कार्यक्रम युवा संघ नगर कमिटि अध्यक्ष किसान राईले समापन गरेका थिए ।



















