इटहरी । रोटरी क्लव अफ इटहरीले पद हस्तान्तरण सहित एकै दिन विभिन्न कार्यक्रममा सम्पन्न गरेको छ । 

 वर्ष २०२००२१को कार्य समितिले वर्ष २०२१। ०२२को कार्य समितिलाई पदभार हस्तान्तरण लगायतका कार्यक्रमहरु सम्पन्न गरेको हो ।  

इटहरीमा रहेको स्पोर्स ट्रफ बारमा आयोजित कार्यक्रममा वर्ष वर्ष २०२०÷०२१की अध्यक्ष विजुवैनी श्रेष्ठले वर्ष २०२१। ०२२की अध्यक्ष सविना शोभा कोइरालालाई पदभार हस्तान्तरण गरेकी हुन । 205939118_342979280547065_8864403977846037751_n

 सोही अवसरमा गत भाद्र महिनामा बाल दिवसको अवसर पारेर आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । 206638147_505226737363806_2848362524872362594_n

 सोही दिन रोटरी क्लव अफ इटहरीको आरसीसी अन्र्तगत रहेको जव्दी महिला समुहमा आवद्ध एक महिलालाई सिलाई कटाई मेशिन प्रदान गरिएको , इटहरीमा रहेका रक्तमाला , वुढीगंगा र जनता स्कुलमा अध्ययनरत ६ जना विद्यार्थीहरुलाई छात्रावृति वापत प्रति विद्यार्थी ६ हजारका दर उपलव्ध गराईको तथा सो रकमहरु रोटरियन लक्ष्मी थेवे , गोविन्द कृष्ण सोनी र कृष्ण प्रधानले समान दुई दुई जना विद्यार्थीलाई उपलव्ध गराएको जनाइएको छ । 207470626_1149167448923672_2415502155783482895_n

 त्यसै गरी अपागं वालमैत्री अस्पताल इटहरीलाई शौचालय निर्माणका लागि ५० हजार क्लवका सदस्यहरुबाट संकलन गरि हस्तान्तरण गरियो ।

 इटहरीकै वालग्राममा रहेको एसओएस वालग्राम स्कुलमा अटो मेटिक सेनेटरप्याड मेसिन सुन्दहरैचाकी राजकुमारी माझीले आफना स्वर्गीय पति तथा छोरीहरुको स्मृतिमा ६१  हजार वरावरको क्लवकाे समन्वयमा वितरण गरिएको  जनाइएको छ । 

  वर्ष वर्ष २०२०। ०२१मा सदस्य वनेका ६ जना सदस्यहरुलाई सटिफिकेट समेत सोहि दिन वितरण गरिएको समेत क्लवकी अध्यक्ष श्रेष्ठले जानकारी दिइन ।