सामाजिक संस्था हेल्पिङ ह्याण्ड जापान टिमले अफ्ठ्यारोमा परेका नेपालीहरुलाई खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ । करिब ४ महिना अघि स्थापना भएको सामाजिक संस्थाले परिवार चलाउन समस्यामा परेका तथा खर्चको अभावमा उपचारमा समस्या परेका नेपालीहरुलाई खाद्यान्न तथा आर्थिक सहयोग गरेको हो । संस्थाले उपलब्ध गराएको रकमबाट ९ घर परिवारलाई खाद्यान्न र ४ परिवारलाई आर्थिक सहयोग गरेको रामधुनीका अभियान्ता शम्भु सुवेदीले जानकारी दिए । प्रदेश १ को सुनसरी, मोरङ्ग र झापामा बसोवास गर्दै आएका परिवारहरुको समस्यालाई पह्रिचान गरेर सहयोग उपलब्ध गराइएको अभियान्ता सुरेश खड्काले जानकारी दिए । “हालसम्म हामीले करिव १३ घर परिवारलाई सहयोग गरिसकेका छौं”, काफ्लेले भने संस्थाले समस्यामा परेकालाई सहयोगका लागि आर्थिक सहयोग उपलब्ध गराएको र त्यसै अनुरुप हामीले समस्यामा परेका परिवारको पह्रिचान गरेरे सहयोग उपलब्ध गराउने काम गरेका हौ । उनले भने समस्यामा परेका परिवारको पह्रिचान गर्ने क्रममा बृद्ध हजुरआमा सँग सानो नाती भएको परिवार भेटेको र परिवारमा काम गरेर कमाउने सदस्य नभएको समेत पाएको उनले बताए ।

Binod sent Today at 06:13