इटहरी । सुनसरीको इटहरी उपमहानगर कार्यालयमा कार्यरत आधा दर्जन कर्मचारीहरूमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण पुष्टि भएको कारण नगर कार्यपालिकाको अति आवस्यकिय कामहरू बाहेक सबै सेवा बन्द गरिएको छ ।
उपमहानगर अन्तरगत कार्यपालिकाको आपतकालिन बैठकले आगामि बैशाख १९ गते देखि २४ गते सम्म लागु हुने गरि कार्यालयको अति आवस्यकिय काम बाहेक सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।
उपमहानगरको राजस्व शाखामा कार्यरत कर्मचारी र बिभिन्न शाखामा कार्यरत कर्मचारीहरूमा समेत कोरोना पुस्टि भएपछि उनिहरू आइसोलेसनमा रहेको र अन्य कर्मचारीहरू संगै सेवाग्राहिहरूमा पनि संक्रमण देखा पर्नसक्ने खतरालाइ मध्यनजर गर्दै उपमहानगरको अति आवस्यकिय सेवाबाहेकका सबै सेवाहरू बन्द गरिएको प्रमुख प्रसाशकिय अधिकृत सुर्य प्रशाद सुवेदिले बताए ।
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण बिस्तारै समुदाय स्तरमा फैलदै गएकोले उपमहानगरले नगरवासिहरूलाइ पनि सचेत रहन अनुरोध गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न बिशेष आग्रह गर्दै आएको छ ।



















