इनरुवा । नेपाल प्रेस युनियन इनरुवा नगर कार्यसमिति इनरुवा सुनसरीले इनरुवा लगायत आसपासका क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका २५ जना पत्रकारहरुलाई ब्याग र मास्क वितरण गरेको छ ।
नेपाल प्रेस युनियन इनरुवा नगरले पत्रकारहरुको हक अधिकार र पेशागत सुरक्षाका लागि आवाज उठाउँदै आएको बेला पत्रकारहरुको आवश्यक पर्ने सामाग्री राख्नको लागि २५ जना पत्रकारहरुलाई व्याग वितरण गरेको हो ।
व्याग वितरण् कार्यक्रमको प्रमुख अतिथि इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले पत्रकारहरुप्रति सकारात्मक रहेको बताए । कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख मेहताले कोरोनाको बेला सबै सचेत र सर्तक रहन अनुरोध गरेका थिए । प्रेस युनियन इनरुवाले गरेको व्याग वितरण कार्यक्रमले पत्रकारहरुबीचको सम्वन्धलाई प्रगाढ गरेको उनले बताए । पत्रकारहरुले हिजोका दिनका धेरै दुःख गरेको र अहिले श्रोत साधन भएकाले पत्रकारीता गर्न सहज भएको नगरप्रमुख मेहताको कथन छ ।
पत्रकारहरुको आर्थिक रुपले बृद्धि नभएको उनले स्पष्ट पारे । पत्रकारहरु इनरुवाबासी, समग्र राष्ट्रको लागी चौतर्फी विकासका लागि अहोरात्र खटेको उनले बताए । पत्रकारीता पेशामा युवाहरु दिनप्रतिदिन आर्कषित भएकोले पत्रकारीता पेशालाई मर्यादित बनाउन आवश्यक रहेको नगरप्रमुख मेहताले बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रमा विशिष्ट अतिथि इकवाल अहमदले लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन इनरुवा नगरले गरेको व्याग वितरणले सकारात्मक सन्देश प्रवाह भएको बताए । पत्रकारहरुको हकअधिकारका लागि काम गर्ने नेपाल प्रेस युनियन इनरुवा नगरले अगामी दिनमा पत्रकारहरुको लागि ठोस योजना ल्याएर काम गुर्नुपर्नेमा समेत जोड दिएका थिए । उनले सो अवसरमा कार्यक्रमलाई सम्वोधन गर्दै वर्तमान अवस्थामा देखिएको कोरानाको महामारीलाई गम्भिरताका साथ लिन आग्रह गर्दै आफनो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न पत्रकारहरुलाई सुझाए । उनले सो अवसरमा नगर क्षेत्रभित्र कार्यरत संचारकर्मीहरुलाई आवश्यक स्वास्थ्य सामाग्री व्यवस्थापनका निम्ति सरोकारवाला निकायहरुलाई तत्काल पहल गर्न समेत आग्रह गरे ।
कोरोनाको महामारीमा संचारकर्मीहरुले सचेत भएर काम गर्नुपर्ने उनले बताए । सामाजिक दुरी कायम गरेर पत्रकारहरुलाई व्याग वितरण गरेको र अगामी दिनमा नेपाल प्रेस युनियन इनरुवाले पत्रकारहरुको पक्षमा नमुना कार्य गर्न सक्ने विश्वास व्यक्त गरे । पत्रकारहरुको पहिचान र अधिकारको लडाईमा प्रेस युनियन इनरुवा नगरले सबैको साथ र सहयोगमा आवाज उठाई अघि बढ्नुपर्नेमा उनले जोड दिएका थिए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ सुनसरी शाखाका जिल्ला अध्यक्ष जनकऋषि राईले युनियनको कार्य सराहनीय भएको बताए । नेपाल पत्रकार महासंघ सुनसरी शाखामा समावेशी तरिकाले इनरुवा क्षेत्रका पत्रकारहरुलाई समेटेको उनले बताए । कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष राईले इनरुवामा नेपाल पत्रकार महासंघको भवन बनाउन आफूहरु लागि परेको बताए । पत्रकारहरुको हकहितका लागि आफू सदैव कार्य गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
त्यसैगरी नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका निवर्तमान सदस्य तथा रिपोर्टस क्लवका महासचिव शशि कोइरालाले इनरुवामा यस्तो कार्य तेस्रो पटक भएको बताए । नेपाल प्रेस युनियन इनरुवाले गरेको कार्य प्रशंसा योग्य भएको उनले बताए । पत्रकारहरुको धेरै भएकोले गुणात्मकमा ध्यान दिनुपर्नेमा उनले जोड दिएका थिए ।
उद्योग वाण्ज्यि संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साहले युनियनले गरेको काम राम्रो भएको प्रंशसा गरेका थिए । केही वर्ष अघि आफू पनि पत्रकारीता गरेको हुदाँ पत्रकारको लागि नमुना कार्यले पत्रकारहरुको उत्साहित भएको उनले बताए ।
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका सदस्य प्रमोद यादवले नेपाल प्रेस युनियन इनरुवा नगरले पहिलो पटक उदाहरणीय काम गरेको बताए । युनियन इनरुवाका सभापति टोमराज मेहताले फेसबुक मार्फत १० बुँदे घोषणा पत्र सार्वजनिक गरेको केही महिनापछि काम गरेकोले पत्रकारहरुको मनोवल उच्च भएको उनले बताए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका निवर्तमान सदस्य जयकृष्ण यादवले ब्याग वितरणले पत्रकारीता आएका युवाहरुमा काम गर्ने जोश जागर र उत्साह बढेको बताए । धेरैले प्रतिवद्धता गर्ने तर कार्यान्वयन नगर्ने परिपार्टीलाई युनियन इनरुवाका सभापति मेहताले चिरेको यादवको भनाई छ । प्रतिवद्धता व्यक्त गरेको १० वटा बुदाँ मध्ये पहिलो कार्यक्रममा एक वटा बुँदा कार्यान्वय गरेकोले अगामी दिनमा पनि बाँकी रहेको बुँदाहरुलाई सभापति मेहताले कार्वान्वयन गर्ने विश्वास व्यक्त गरे ।
नेपाल प्रेस युनियन इनरुवा नगरका सभापति टोमराज मेहताले आफूले घोषणा गरेको १० बुँदे घोषणा पत्रको पहिलो पटक कार्यान्वयन गरेको बताए । अरु वाकी रहेको नौ वटा बुदाँलाई कोरोनाको महामारी सकिएपछि तुरुन्तै कार्यान्वयन गर्न ढिलाई नगरीकन सबैलाई समेटेर अगाडी बढ्ने बताए ।
प्रेस युनियनका इनरुवा सभापति मेहताका अनुसार बुधबार २५ जना पत्रकारहरुलाई एक÷एक थान व्याग र एक÷एक पोका मास्क वितरण गरिएको हो । इनरुवा नगरपालिकाको सहकार्यमा एक हजार थान मास्क उपलब्त्रध गराएको सभापति मेहताले बताए ।
इनरुवा नगर र आसपासका क्षेत्रमा सक्रिय फिल्डमा खटेका सबैजसो पत्रकारहरुलाई संचार सामग्री बोक्न व्याग अभाव रहेकोले एक÷एक थान व्याग र स्वास्थ्य सुरक्षाका लागि एक÷एक प्याकेट मास्क उपलब्ध गराएको सभापति मेहताको कथन छ ।
हस्तान्तरण कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमद, प्रदेश १ का पूर्व सदस्य शशी कोईराला, जयकृष्ण यादव, प्रदेश सदस्य प्रमोख यादव, जिल्ला अध्यक्ष जनकऋषि राई, उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साह लगायतकाले २५ जना पत्रकारहरुलाई व्याग हस्तान्तरण गरेका थिए ।



















