पानीको हाहाकारमा पनि ट्यांकर मार्फत खानेपानी धराने जनतालाई खुवाएको भएपनि धरान खानेपानी बोर्डले त्यो समेत गर्न नसकेकोप्रति संघर्ष समितिले आपत्ति जनाएको छ ।

विगतदेखि नै नेपाल खानेपानी संस्थान मार्फत नै खानेपानी धराने जनतालाई खुवाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले धरानेहरुलाई यस्तो अभावमा पनि पानी खुवाउन नसक्ने बोर्डको औचित्य नभएको भन्दै खानेपानी वितरण  गर्ने जिम्मा संस्थानलाई दिन जिम्मा दिन संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ ।

बोर्डले ट्यांकरमार्फत सर्वसाधारणलाई पानी वितरण गर्न नसक्दा मनोमानी ढंगले निजी क्षेत्रबाट पानी विक्री गरिरहेकोले त्यसलाई पनि रोक्न नगरपालिकालाई ज्ञापनपत्रमार्फत अनुरोध गरेको छ ।
बोर्डले धराने जनतालाई खानेपानी सहज रुपमा खुवाउन नसकिरहेको अवस्थामा निजी क्षेत्रबाट ट्यांकरबाट ल्याएर विक्री गर्ने पानीको शुल्कमा एकरुपता नभएको बताउदै ट्यांकर तथा जारमार्फत ल्याएका पानी कतिको गुणस्तरीय छ भन्ने कुरा पनि बोर्डले मापन गर्नुपर्ने माग समेत उनीहरुले गरेका छन् । यस्तै उनीहरुले खानेपानीको आपूर्तिका लागि बोर्डले कही कतैबाट थप ऋण ल्याएर मर्मत सम्महार तथा संोत थप्ने कार्य नगर्न आग्रह गरेको छ ।