बेलवारी खानेपानी संस्थाको तेस्रो साधारणसभा अन्तर्गत यहि चैत ७ गते निर्वाचन हुने भनिएकाे छ । साझा गठबन्धन अन्तर्गत नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीले साझा उमेद्ववारी दिएकाे पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ ।
खानेपानीकाे निर्वाचनमा अध्यक्ष,कोषाध्यक्ष र खुला सदस्य २ जनाका लागि मात्रै मतदान हुँदैछ भने बाँकी पदहरुमा गठबन्धनका सबै उमेद्वार निर्विरोध भएको पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ । साझा उमेद्ववार अन्तर्गत गठबन्धनकाे अध्यक्षमा कांग्रेसकी रुक्मिणी धिमाल,उपाध्यक्षमा जनता समाजवादीका केशव घले रहेका छन् । तेसै गरि सचिवमा माओवादी केन्द्रका जगतबहादुर क्षेत्री तथा कोषाध्यक्षमा डिल्लीराज गिरी (उत्तम)ले उमेद्वारी दिएका छन् । खुला सदस्यमा कांग्रेसका प्रेमबहादुर गुरुङ तथा गणेश बस्नेत,महिला सदस्यमा माओवादी केन्द्रकी शर्मिला लुङ्गेली,जनता समाजवादीकी वबिता राई र कांग्रेसकी सीतादेवी बाँस्तोलाले उमेद्वारी दिएका छन् ।
संस्थाको अध्यक्ष पदका लागि खेमप्रसाद गौतम धिमालका प्रतिष्पर्धी हुन् । पत्रकार सम्मेलनकाे कार्यक्रममा गठबन्धनबाट अध्यक्ष उमेद्वार रुक्मिणी धिमालले आफ्नो प्राथमिकता सहितको प्रतिवद्धता प्रस्तुत गरेकी थिइन् । धिमालले आफु वर्तमान कार्यसमितिमा रहेर समेत अनुभव संँगालेकोले त्यस अनुभवलाई संस्थाको हितमा कार्यन्वयन गर्ने बताइन् । धिमालले आफुहरुको पहिलो प्राथमिकतामा खानेपानी आपुर्तीको समस्यालाई समाधान गर्नेमा रहेको उल्लेख्य गरिन् ।
उनले धारा विस्तार हुन बाँकी क्षेत्रमा विस्तार गरेर सबै उपभोक्तालाई सहज रुपमा पानी उपलब्ध गराउने,संस्थामा सुसासन कायम गर्दै बक्यौता ,ऋण क्रमैसँगै तिर्दै जाने समेत उल्लेख गरिन ।
बेलवारी खानेपानीकाे साझा उमेद्ववार घाेषणा , प्रतिवदता जाहेरकाे पत्रकार सम्मेलनमा तिनवटै दलका विभिन्न तहका संगठनमा आवद्ध नेताहरुको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसका महासमिति सदस्य नगेन्द्रप्रसाद जमरकट्टेल,नेकपा माओवादी केन्द्र बेलबारी नगर कमिटीका अध्यक्ष पर्शुराम सुवेदी, जनता समाजवादी पार्टीका नगर अध्यक्ष तिलक राईले संस्थामा सबल नेतृत्वका लागि गठबन्धन गरिएको भन्दै मतदानका लागि आग्रह सहित अनुराेध समेम गरेका छन् ।



















