काठमाडौंमा यो वर्षको होली पर्व सुरु भएको छ। हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै होली सुरु भएको हो।

आइतबार बिहान ८ बजे २६ मिनेटको साइतमा वसन्तपुरमा विधिवत् चीर ठड्याइएको हो।
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङका ध्वजापतकासहित सजाइएको चीर ठड्याएपछि होली पर्व सुरु हुने परम्परा छ।