स्वास्थ्य मन्त्रालयले कोभिड १९ को जोखिम कम गर्न स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिज्ञप्ति जारी गरि ‘ छिमेकी देशहरुमा पनि कोभिडको दर उच्च देखिएकोले सभा, सम्मेलन, गोष्ठि, सेमिनार, बैठक जस्ता भीडभाड हुने क्रियाकलाप नगर्न नगराउन ध्यानाकर्षण गरिएको’ जनाएका छन् ।



















