तनहुँ -तनहुँको सहरी तथा ग्रामीण क्षेत्रमा धार्मिक तथा वातावरणीय महत्वका पाटीपौवाको अस्तित्व सङ्कटमा परेको छ । बटुवाहरु बास बस्ने, काम गरेर थाके पछि थकाइ मेट्ने, काम तथा हिड्ने क्रममा हावाहुरी, असिना, पानी आउँदा ओत लाग्न प्रयोग हुने ठाँटीपौवाहरु संरक्षणको अभावमा भत्कन थालेका हुन् ।
राती बास बस्न समेत प्रयोग गर्न मिल्ने गरी बाटोहरुको छेउमा तथा तनहुँको धार्मिक स्थलहरु देवघाट, व्यास तथा पराशर क्षेत्र, थानीमाई, छाब्दीवाराही, ढोरबाराही, विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवा संरक्षणको अभावमा सङ्कटमा पर्दै जान थालेको छ । वावारणीय दृष्टिकोणले राम्रो, ढुङ्गाको छानो, ढुङ्गा र माटोको गारो तथा काठहरु प्रयोग गरिएका पाटीपौवा लोप हुँदै गएको र धार्मिक भावाना भएका केही व्यक्तिहरु सिमेन्ट, फलाम र टिनको प्रयोग गरेर बनाउने गरेका छन् ।
नेपाली कला तथा पहिचान झल्काउने सालको काठमा बुट्टाहरु कुँदिएका, कलात्मक ठाँटीपौवाहरु समेत संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेकोले सम्पदाको संरक्षण गर्न सरोकारवालाले चासो देखाएका छैनन् ।



















