इटहरी । माइती नेपाल परामर्श तथा पुर्नःस्थापना गृहले सिलाई मेसिन वितरण तथा ब्युटीपार्लर र सिलाई तालिम प्राप्त सहभातिहरु लाई विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
तलिम प्राप्त ५ जना लाई सिलाई मेशिन वितरण तथा ब्युटीपार्लर तालिम दिएका ५ जना र सिलाई तालिमका ११ जनालाई तालिमको प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगर पालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले सिलाई मेसिन र प्रमाणपत्र वितरण गरेका थिए।
जोखिममा परेका युवतीलाई आवश्यक सीप सिकाएर आत्मनिर्भर बनाएर एक कार्यक्रम गरि उनीहरुहरुलाई प्रमाणपत्र प्रदान गरी विदाई गरीएको हो ।
सिलाई मेसिन वितरण समारोहमा ब्यूटिपार्लर र सिलाई तालिम प्राप्त सहभागिहरुको विदाई गर्ने कार्यक्रमका प्रमुख अतिथी पौडेलले माइती नेपालले गर्दै आएको कार्यको प्रसंसा गरेका छन । 
आर्थिक रूपमा विपन्न र उद्वार गरिएका महिलाहरूलाई माइती नेपालले सिलाई कटाई ब्युटी पार्लर जस्ता विषयमा दक्ष बनाएर आत्मनिर्भर बनाइदै आएको हुदा हाम्रो समाजमा तालिम र सिपको सबैलाई आवश्यक हुदा माइती नेपालले गरेको काम लाई सहकार्य गरेर जाने पनी बताए ।
माइती नेपाल इटहरीकी कार्यक्रम संयोजक सुनिता कार्कीले उद्दार गरेर ल्याएका चेलिवेटीलाई विभिन्न समयमा जिवन उपयोगी सीप प्रदान गर्दैै आत्मनिर्भर बनाउदै आएको बताइन् । 
माइती नेपाल प्रदेश १ का कार्यक्रम अधिकृत गोविन्द घिमीरेको अध्यक्षतामा भएको कार्यकममा इटहरी इलाका प्रहरी कार्यलयका प्रमुख टेकवहादुर कार्की, इटहरी उपमहानगरपालीकाकी सामाजिक महाशाखा प्रमुख भोजकला दवाडी, गैह.सहकारी संस्था महासंघ सुनसरीका अध्यक्ष मेघराज न्यौपान,नागरिक समाज ईटहरीकी अध्यक्ष बालिका भट्टराई लगाएतको सहभागीता रहेको थियोे ।
माइती नेपालको सहयोगमा सिलाई मेसिन वितरणले गर्दा आफुहरूलाई गरिखान सहयोग भएको महिलाहरूले बताए । माइती नेपालले महिलाको हक हितमा विगत लामो समय देखि समस्या परेका महिलाहरूलाई उद्दार गरि सिटी सफारी,सिलाइृ मेसिन वितरण गर्दै अहिलेसम्म महिलाहरूलाई विभिन्न विधाको तालिम दिएर आत्मनिर्भर बनाउदै आएको छ ।




















