मोरगं । निशेधाज्ञाको समयमा काम नपाएर समस्यामा पर्दै आएका दैनिक ज्यालादारीको काम गर्ने मोरगंको केरावारीका २० मजदुर तथा विपन्न परिवारलाई लायन्स क्लव अफ इटहरी मेल्भिन्स जोन्सले खाद्यान्न सहयोग गरेको छ ।

 मोरगंको केरावारी ४ बेलबोटे क्षेत्रका मजदुर तथा विपन्न परिवारलाई लायन्स क्लव अफ इटहरी मेल्भिन्स जोन्सका अध्यक्ष रितेश श्रेष्ठले छाक टार्न समस्या नहोस भनेर खाद्यान्न उपलव्ध गराएको हो ।198618219_4021306697956184_6560316416716964391_n

  लायन्स क्लव अफ इटहरी मेल्भिन्स जोन्सका अध्यक्ष रितेश श्रेष्ठ लगायतको सहभागितामा स्वास्थ्य सुरक्षा अपनाउदै खाद्यान्न वितरण गरिएको हो । 

   वितरित खाद्यान्नमा प्रति परिवार ३० केजी चामल , १ केजी दाल १ केजी नुन १ पोका तेल वितरण गरिएको बरिष्ठ उपाध्यक्ष मिनकुमार मगरले जानकारी दिए ।198708003_129180569234155_400752026667255990_n लायन्स क्लव अफ इटहरी मेन्भिन्स जोन्सले स्वास्थ्य सुरक्षा सामाग्री ,खाद्यान्न लगायतका वितरण गर्दै आएको छ ।

  खाद्यान्न वितरण कार्यक्रममा उपाध्यक्ष नेत्र चौलागाँइ ,सचिव रुपक थापा ,सदस्य दिपक तामाङ , उमेश बोहोरा,लायन्स क्लब बेलबारीका अध्यक्ष खेम गौतम , गोपाल मगर  लगायतको सहभागिता रहेको थियो ।