इटहरी । कोरोना संक्रमणको दोस्रो लहर फैलिरहेको समयमा थप फैलन नदिन तथा नियन्त्रणका इटहरीका विक्रम एक्तेन व्यक्तिगत खर्चमा मानवीय स्वास्थ्य सुरक्षाका लागि सक्रियताका साथ लागी रहेका छन । सरकारी निकायका साथै विभिन्न संघसस्थाहरुले कोरोना फैलन नदिनका लागि सक्रियता वढाई रहेको समयमा एक्तेन आफनै खर्चमा स्वास्थ्य सुरक्षा सामाग्री लिएर गाउँगाउँ पुगीरहेका हुन ।
कोरोना संक्रमितहरु लाई स्वास्थ्य सामाग्रीहरु , क्वारेन्टाइन तथा संक्रमितहरुको घरमा सेनेटाइजर गर्ने कार्य समेत गर्न एक्लै संखुवासभा ,पाँचथर , इलाम , धनकुटा लगायतका जिल्लामाहरु पुगेको एक्तेन वताउछन । 
क्विक रेस्यु टिम नेपालको व्यारनमा स्वास्थ्य सुरक्षा सामाग्री संक्रमितहरु लाई प्रोटेवल अक्सिजन लगायतका सामाग्रीहरु व्यक्तिगत खर्चमा खरिद गरेर वितरण गर्दै आएको एक्तेनले जानकारी दिए ।
संक्रमितहरुका घरमा अन्य मानिसहरु जान समेत डराई रहेको समयमा स्वास्थ्य सामाग्री सहित एक्तेन पुग्दा संक्रमितहरु समेत खुशी हुने गरेका छन । 
इटहरी ३कै सुनौलो वस्तीमा समेत केही परिवारका मानिसहरुमा कोरोना संक्रमण पुस्टी भएपछि उनले उपलव्ध गराएको सानो अक्सिजनले ठुलो सहयोग पुगेको स्थानीय चन्द्र याग्याले वताए ।
याग्याले सानो अक्सिजनले आइसोलेसन तथा अस्पताल सम्म पुर्याउन सहयोग पुगेको समेत वताए ।
एक्तेनले आफनो अफिसमा स्वास्थ्य सामाग्री लिन आउनेहरुलाई समेत स्वास्थ्य सुरक्षाका मास्क , सेनिटाइजर , वाफ लिने स्टीमर लगायतका उपलव्ध गराउदै आएका छन ।




















