इटहरी  । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका योद्धा कृष्ण सेन इच्छुकको १९ औँ स्मृति दिवसको अवसरमा प्रेस संगठन नेपाल प्रदेश नं. १ र सुनसरी जिल्ला समितिले नेपाल पत्रकार महासँघ सुनसरीलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । 

प्रदेश समिति र जिल्ला समितिको सक्रियतामा विभिन्न सहयोगदाताहरुबाट सङ्कलित स्वास्थ्य सामाग्री प्रदेश र जिल्ला समितिको तर्फबाट प्रदेश इन्चार्ज राजन केडीले पत्रकार महासँघ सुनसरी अध्यक्ष जनकक्रृषि राईलाई हस्तान्तरण गरेको हो ।

कोभिड–१९ महामारीका बावजुद स्थलगत रिपोटिगंमा क्रियाशिल पत्रकारहरुका लागी मास्क, सेनीटाइजर र संक्रमित भई स्वास्थ्यलाभ गरिरहेका पत्रकारहरुका लागि औषधि उपलब्ध गराइएको संगठनका सुनसरी संयोजक अर्जुन शर्माले बताए । 

सबै पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासँघ मार्फत एकद्धार प्रणालीबाट वितरण होस भन्ने उद्धेश्यले महासँघलाई सामाग्री हस्तान्तरण गरिएको पनी जानकारी दिए ।

  विगत वर्षहरुमा इच्छुक स्मृति दिवसका अवसरमा विशेष कार्यक्रम सम्पन्न गरिँदै आएकोमा यसवर्ष कोभिड महामारीका कारण प्रत्यक्ष कार्यक्रम सम्पन्न गर्न सम्भव नभएकोले नेपाल पत्रकार महासँघलाई सुरक्षा सामाग्री हस्तान्तरण गरी सांकेतिक रुपमा इच्छुक स्मृति दिवस मनाइएको संगठनका १ नं. प्रदे प्रदेश इन्चार्ज राजन केडीले बताए ।

सो वितरण कार्यक्रममा नेपाल पत्रकार महासँघका उपाध्यक्ष गणेश विरौला, संगठनका १ नं. प्रदे प्रदेशका सम्योजक श्रीशिसा राई,अग्रज पत्रकार सलिग्रम पाण्डे लगायतको सहभागिता रहेको थियो ।