इटहरी । इटहरी ३ सुनौलो टोलमा कोरोना संक्रमित भएपछी उच्च जोखिम न्युनिकरणका लागी  टोल क्षेत्रमा युवा संघ नेपालले सेनिटाइज गरेका छन् । 

  इटहरी नगरपालिका वार्ड नं.३ मा रहेको सुनौलो टोलका मानिसहरुमा ज्वरो, खोकी, पखाला लगायतका लक्षण सहित बिरामी भएका थिए ।

  कोरोना टेष्ट गरेपछी लक्षण देखापरे संगै सो क्षेत्रमा कोरोना संक्रमणको त्रासित अवस्थामा रहेका छन् ।

  युवा संघ नेपालका केन्द्रिय सदस्य युवराज गौतम तथा युवा संघ सुनसरीका सचिव बिजय विक्रम लिम्बुको नेतृत्वमा सुनौलो टोल विकाश सस्था क्षेत्रमा सेनिटाइज गरेका थिए ।

  सो क्षेत्रको पुरै टोलनै कोरोना संक्रमितहरु भएको खबर सुनेपछी हामीले पनी मानविय सुरक्षाका निम्ती सहयोग पुगोस् भनेर युवा संघले यो बस्तीमा सेनिटाइज गरेको युवा संघ सुनसरीका सचिव बिजय विक्रम लिम्बुले जानकारी दिए ।