धरान स्थित बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत इटहरीका एक पुरुषको मृत्यु भएको छ।
इटहरी–२ का ५८ वर्षिय पुरुषको आइतबार राति उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ।
वैशाख १९ गते उनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए ।
मृतकमा कुनै पनि दीर्घ रोग नरहेको प्रतिष्ठानले जानकारी दिएको छ । मृतकको शवको व्यवस्थापन नियमानुसार गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।




















