मोरगं । गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गर्ने अभियान सञ्चालन गर्दै आएको मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ ले निरन्तरता दिदै आएको छ ।
गत वर्ष देखि वडा क्षेत्रमा वसोवास गर्ने गर्भवती महिलाहरुका लागि पौष्टिक आहार वितरण कार्यक्रम सञ्चालन गर्दै आएको वडाले निरन्तरता दिदै गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गर्ने कार्य गर्दै आएको हो ।
गर्भवती महिला र शिशुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गत वर्ष देखि पौष्टिक आहार वितरण कार्यक्रम सञ्चालन गर्दै आएको वडाध्यक्ष जिवन ढुंगानाले जानकारी गराए । उनले वडाले पुर्वाधार विकासका साथै शिक्षा र स्वास्थ्यको विकासका लागि काम गर्दै आएको समेत वताए ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३मा रहेको स्वास्थ्य चौकीसंग समन्वय गरी गर्भवती महिलाहरुलाई गर्भावस्थामा अपनाउनु पर्ने सर्तकता , गर्भ रहे देखि ९ महिना सम्म चार पटक स्वास्थ्य संस्थामा गएर जचाउनु पर्ने लगायतका विषयवस्तु समेटेर स्वास्थ्य चौकीका प्रमुख बाबुराम आचार्य र सुजता थेबे लगायतले सहजिकरण गरेर पौष्टिक आहार वितरण गर्ने गरिएको छ ।
यसैविच वडाले यस पटक पनि ४० जना गर्भवती महिलाहरुलाई पौष्टिक आहार वडाध्यक्ष ढुंगानाले वितरण गरेका छन ।
सो कार्यक्रममा वडा सचिव लक्ष्मी भट्टराईले समेत महिलाहरुका लागि वडाले सञ्चालन गर्दै आएको पौष्टिक आहार वितरण कार्यक्रम प्रभावकारी रहेको वताइन ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ले वडा क्षेत्रमा वसोवास गर्दै आएका गर्भवती महिलाका लागि पौष्टिक आहार वितरण कार्यक्रम मात्र नभएर विपन्न परिवारका सुत्केरी महिलाहरुलाई पौष्टिक आहार तथा आमा र शिशु दुवैलाई कपडा वितरण गर्ने अभियान समेत यस वर्ष देखि सुरु गरेको छ ।
वडा क्षेत्रमा बसोवास गर्ने विपन्न परिवारका सुत्केरीहरुको पहिचान गरी पौष्टिक आहार तथा कपडा वितरण गर्ने कार्यको थालनी समेत सुन्दरहरैचा वडा नम्वर ३ले गरेको छ ।
सुन्दरहरैचा वडा नम्बर ३ले उज्योलो वडा कार्यक्रम , धुलो रहित वडा वनाउने अभियान, माता पिता सम्मान कार्यक्रम, अपागंता भएकोहरुका लागि विशेष कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।




















