मोरगं । महिला सशक्तिकरणमा जोड दिदै मोरगंको सुन्दरहरैचा नगरपालिकामा महिलाहरुका लागि विभिन्न किसिमका तालिम सञ्चालन गरिदै आएको छ ।

   पछिल्लो समयमा वडा नम्बर ५का महिलाहरुको लागि नेतृत्व तथा व्यक्तित्व विकासमा जोड दिदै उद्घोषण सुरु भएको छ ।

  सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५को समन्वय तथा  गुडलक एजुकेशन एण्ड  ट्रेनिगं सेन्टर इटहरीको आयोजना तीन दिने उद्घोषण तालिम सुरु भएको हो ।IMG_9832

   गुडलक एजुकेशनका निर्देशक बसन्त रेग्मीको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष रामप्रसाद रिजालको प्रमुख आतिथ्यतामा तालिम सुरु गरियो ।

   वडा क्षेत्रका २५ जना महिलाहरुको सहभागिता रहेको तालिममा सिमा बस्नेत , लिलाराज भट्टराई र रेवती निरौलाले सहजिकरण गर्ने छन् । 

  वडाले महिलाहरुका लागि विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको वडाध्यक्ष रिजालले जानकारी गराए । 

  तालिम उद्घाटनका कार्यक्रममा भानुसाझा पुस्तकालयका अध्यक्ष पुर्ण राई , वडा सदस्य संगिता सापकोटा , सिता नेपाली लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।