कोकिला भण्डारी

धनकुटा । जिल्लाको पाख्रिबास नगरपालिकामा ब्यबसायीक रुपमै कफी खेती शुरु गरिएको छ ।

नगरपालिकाले बुधबार कृषि प्राबिधिक र सन्चारकर्मीहरुलाई अनुगमन गराएर कफी खेतीको बारेमा बिस्तृत जानकारी दिएको हो । नगरपालिकाले गत बर्ष कृषि अभियान्ता तथा बिज्ञ जीवन कुमार राईको नेतृत्वमा कफिको सम्भाब्यता अध्ययन गरेर यो बर्षबाट खेती शुरु गरेको हो ।

नगरपालिकाले यस आर्थिक बर्षबाट खेती बिस्तार गर्न १० लाख लागतमा ७ रोपनी क्षेत्रफलमा मुगा स्थित राई गाउँमा कफीको नर्सरी शुरु गरेको छ । ५ लाख कफीका बिरुवा उत्पादन गर्ने लक्षका साथ नगरको लगानीमा तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटाले यो बर्ष उत्पादन गरेको ५० हजार बिरुवा रोपिनेछन् ।

१ हजार ४४ दशमलव २९ किलो मिटर क्षेत्रफल रहेको पालिकामा ४ हेक्टर क्षेत्रफलमा कफी खेती गरिने नगरपालिकाका मेयर बिर्खबहादुर राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाले आबश्यक नीति बनाएर नगर भित्र र सार्वजनिक रुपमा बिरुवा बितरण तथा बिक्री गर्ने छ ।