कोकिला भण्डारी

धनकुटा  । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्वर ६ स्थित चारखोले गोलाईमा बस दुर्घटना हुदा वसमा सवार ६ जना घाईते भएका छन् ।

घाईतेलाई उपचारकालागि  धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एस्पि गोविन्द अधिकारीले जानकारी दिनुभयो । बसमा सवार ३५ जना यात्रु मध्ये घाईते हुने हरूमा महालक्ष्मी नगरपालिका वडा नम्वर ७ का ४५ बर्षीय गोविन्द भट्टराई, ६९ बर्षीय बीरबहादुर श्रेष्ठ, ४५ बर्षीय रूद्र कुमारी श्रेष्ठ, विराटनगर निवासि बर्ष २५ की सरस्वती श्रेष्ठ र सुनसरी रामधुनि नगरपालिका वडा नम्वर ३ का २८ बर्षीय गोविन चौधरीलगायत रहेका छन् । 175348696_2881551638781466_6751851441775216400_n

विराटनगरबाट धरान धनकुटा हुदै जितपुर जादै गरेको को १ ख ७७७९ नम्वरको बस बिहिबार दिउसो दुर्घटना भएको हो । घटना पश्चात फरार बस चालकलाई भेडेटार प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक छथरजोरपाटी गाउँपालिका वडा नम्वर ५ निवासि 

बर्ष ३३ का पुर्ण बहादुर लिम्बु रहेको ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।